logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रोहिणीमा पशुपालक कृषकहरूलाई एकदिवसीय तालिमः वैज्ञानिक तरिकाबाट पशुपालनतर्फ कृषकको पहल


    ३ पौस २०८१ , बुधबार

    रोहिणीमा पशुपालक कृषकहरूलाई एकदिवसीय तालिमः वैज्ञानिक तरिकाबाट पशुपालनतर्फ कृषकको पहल

    धकधई, पुस ३ । रूपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा एकदिवसीय पशुपालन तालिम सम्पन्न भएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा भएको तालिममा वडा नम्बर १ देखि ७ सम्मका २५ जना कृषकलाई परम्परागत पशुपालनबाट वैज्ञानिक र प्राविधिक तरिकामा पशुपालन गर्न प्रेरित गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले परम्परागत तरिकाबाट मात्र कृषकहरूको आयमा सुधार नआउने भन्दै व्यावसायिक सोचका साथ प्राविधिक सल्लाहको पालना गर्नुपर्ने आवश्यकता औंल्याए । “कृषकहरूको समृद्धि नै राष्ट्रको समृद्धि हो, त्यसैले कृषि, पशु, र माछा पालन जस्ता क्षेत्रमा हामीले विशेष ध्यान दिनुपर्छ ।’’ यादवले बताए ।

    पशु सेवा शाखाका प्रमुख विनोदकुमार ठाकुर र पशु प्राविधिक गौतम कुमार सापकोटाले प्रशिक्षण दिएका थिए । तालिममा पशुपालनका आधुनिक विधि, नश्ल सुधार, पशुको रोग व्यवस्थापन, र पोषणसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा माछा शाखाका प्रमुख वृहस्पति भट्टराई र कृषि शाखाका प्रमुख जितेन्द्र यादवको उपस्थिति रहेको थियो । वडाका कार्यवाहक अध्यक्ष नीमबहादुर घर्तीको अध्यक्षता र कर्मचारी रामवचन प्रजापतिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तालिममा सहभागी कृषकहरूलाई पशुको लागि भिटामिन औषधि वितरण गरिएको छ । सहभागी कृषकहरूले यस तालिमलाई उपयोगी ठहराउँदै सरकारले थप यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने माग गरेका छन् । रोहिणी गाउँपालिकाले कृषकहरूको व्यावसायिक विकासका लागि यस प्रकारका तालिमको निरन्तरता दिनु आवश्यक छ । वैज्ञानिक तरिकाबाट पशुपालनको अभ्यासले कृषकहरूको जीवनस्तरमा दीर्घकालीन सुधार ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.