लुम्बिनीखबर
सिद्धार्थनगर, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिद्धार्थनगरको तेस्रो नगर अधिवेशन पूर्ण तयारी अवस्थामा पुगेको छ। नेकपा माओवादी केन्द्र सिद्धार्थनगरको तेस्रो अधिवेशन ६ गते हुने भएको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्व कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव) प्रमुख आतिथ्यतामा उद्घाटन सत्र हुने छ।
भोलि नेकपा (माओवादी) केन्द्र सिद्धार्थनगरको पार्टी कार्यालयमा बिहान ८ बजे पार्टीका कार्यकर्ताहरू उपस्थित भई पार्टी कार्यालयदेखि मिलनचोक हुँदै रैली निकल्ने पार्टी कार्यालयले जनाएको छ।
साढे दश बजे मिलनचोकमा खबरदारी सम्मेलन हुने छ भने खबरदारी कार्यक्रमका प्रमुख अतिथि स्थाई कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री हकीकुल्ला खान रहने छन् ।
मिलनचोकदेखि बैंक रोड हुँदै देवकोटा चोकको सर्भिस लेन हुँदै पटवा ब्यन्क्युटको हलमा अधिवेशन उद्घाटन सत्र समापन हुने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा सूचना प्रचारप्रसार विभागका संयोजक ध्रुव लामगादेले बताए।
रेलीमा पार्टीका हजारौं कार्यकर्ताहरूको सहभागिता रहने नेकपा माओवादी केन्द्र सिद्धार्थनगर समितिका अध्यक्ष नारायण बहादुर हमालले बताए। योजना अनुसारको पाँचजना सदस्य नवीकरण गरे बापत एक जना प्रतिनिधि हुन पाउने नीति नियम बनाई उक्त प्रतिनिधिवटा पदाधिकारी चयन गर्ने हमालले बताए।
बन्दसत्रको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बराल रहने हमालले बताए।