लुम्बिनीखबर
सिद्धार्थनगर, ६ पुस। भैरहवामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर समितिले तेस्रो अधिवेशनको अवसरमा खबरदारी र्याली निकाल्ने भएको छ।
भ्रष्टाचार बेथितिका विरुद्ध सुशासन र समृद्धिका निम्ति, एक सशक्त र जुझारू आन्दोलन, नेतृत्व संगठन रूपान्तरण सहित वैचारिक केन्द्रीकरणका निम्ति अभियान सञ्चालन गर्ने नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर समितिका उपाध्यक्ष तथा प्रचारप्रसार विभागका संयोजक ध्रुव लामगादेले बताए।
खबरदारी र्याली बिहान १० बजे भैरहवाको मिलनचोकमा माओवादी केन्द्र स्थाई कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री हकीकुल्ला खान रहने आयोजकले जनाएको छ।