logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लियोद्वारा निःशूल्क आँखा शिविर ५ सयभन्दा बढी लाभान्वित


    १४ पौस २०८१ , आइतबार

    लियोद्वारा निःशूल्क आँखा शिविर ५ सयभन्दा बढी लाभान्वित

    रमा पन्थी । लुम्बिनीखबर
    भैरहवा, पुस । रुपन्देहीको ओमसतिया–५ गौरीमा निःशुल्क अाँखां शिविर सम्पन्न भएको छ ।

    लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धको आयोजना तथा ओमसतिया गाउपालिका वडा नम्बर ५ को सहयोग र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखां अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी निःशुल्क आखां शिविर तथा शल्यक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

     पुर्व राज्यमन्त्री एवम लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा  शिविरको समुदघाटन गर्दै प्रमुख अतिथी रज्जाकले आँखां नै जिवनको ज्योती भएकोले अाँखांको स्वास्थ्यलाई बिशेष प्राथमिकता दिन आग्रह गरेका थिए । उनले आँखा बिनाको जीवन अध्यारो हुने भएकोले आखाको हेरचाह र खानपानमा विशेष ध्यान दिनुपर्ने बताए ।

    प्रमुख अतिथी रज्जाकले भने ओमसतिया –५ मा विभिन्न संघ–संस्थाहरुको सहकार्य र समन्वयमा शिविर सञ्चालन भएको र आगामी दिनमा पनि आँखां स्वास्थ्य शिविरलाई निरन्तरता दिन जरुरी छ ।
    ओमसतिया –५ गौरीमा रहेको श्री ओमसतिया आधारभूत विद्यालयमा भएको निःशुल्क शिविरमा ५ सय भन्दा बढीले आँखा परीक्षणको सेवा लिएको लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धको संस्थापक अध्यक्ष सन्दिप कशौधनले जनाए ।

    आँखा परीक्षण गरिएका मध्ये करिब १ सय ५० जनामा मोतीयाबिन्दु सक्रमण भएको र सोको शल्यक्रिया पनि निःशुल्क रुपमा अस्पतालले गर्ने जनाए ।
    उक्त सिबिरमा ब्लड प्रेसर, सुगर र एचआईभी पनि निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा आँखा चेकजाँच गराउँदा ९९.५% मा कुनै न कुनै रोग देखिएको आयोजकले जनाए ।
    आँखा शिबिरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखां अस्पतालका बरिष्ठ नेत्र अधिकृत डा. संजिव अधिकारी, रोहिणी आई केयर सेन्टरका इन्चार्ज बिजय कुमार लगायतको १४ जनाको टोलीले आँखां परीक्षण गरेका थिए ।

    कार्यक्रममा लियो डिष्ट्रिक थ्री टु फाइफ ग्रुप सी का एरिया चिफ मनिष ढकाल, लियो क्लब अफ सिद्धार्थनगर गौतम बुद्धका कार्यक्रम संयोजक लियो अभिषेक सापकोटा, ओमसतिया गाउँपालिका वडा नम्बर ५ का वडा सचिव, वडा सदस्यहरु, सरोकारवाला ब्यक्तित्वहरु संचारकर्मी लगायत स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.