logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    वृज सिमेन्ट किनौँ, हप्तैपिच्छे मोटरसाइकल उपहार जितौँ


    ५ साउन २०७३ , बुधबार

    वृज सिमेन्ट किनौँ, हप्तैपिच्छे मोटरसाइकल उपहार जितौँ

    भैरहवा, साउन ५ । नेपालको लोकप्रिय सिमेन्ट वृज सिमेन्टले ग्राहकमुखी बजार अभियानलाई अगाडि बढाएको छ ।
    वृज सिमेन्टका प्रयोगकर्ताहरुलाई विभिन्न किसिमका बम्पर उपहारमार्फत आफ्नो अभियान अगाडि बढाईएको वृज सिमेन्ट उद्योगले जनाएको छ ।

    BRIJ CS PRINT

    ग्राहकले २५ बोरा वृज सिमेन्टको खरिदमा एउटा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनमा होण्डा साईन मोटरसाईकल, सामसुङ ब्राण्डको फ्रिज, मोबाईल, भ्याकुम क्लिनर, डिस होम, फ्यान, आईरन का साथै लाखौँ नगद उपहार समेत प्राप्त गर्न सक्ने महाप्रबन्धक रञ्जनले जानकारी दिए ।

    साउन, भदौ र असोज गरी ३ महिनाका लागि खोलिएको उपहार प्रत्येक हप्ता वितरण गरिनेछ । हप्तैपिच्छे मोटरसाइकल लगायतका उपहारहरु ग्राहकहरुलाई प्रदान गरिने समेत  सिनियर मार्केटिङ्ग एण्ड ब्राण्ड म्यानेजर अमित श्रेष्ठले बताए ।

    एक दशकदेखि आफ्ना उत्पादनहरु मार्फत ग्राहकको मन जित्न सफल वृज सिमेन्ट नेपालको सहरदेखि गाउँसम्म पुगेको छ । रुपन्देहको गुरवनियामा उद्योग रहेको यो सिमेन्ट मार्फत पिपिसिमा वृज, जम्बो, लक्ष्मी, वृज गोल्ड, वृज सुपर किंग्स र स्मार्ट सिमेन्टका ब्राण्डहरु उत्पादन गर्दछ भने ओपिसीमा वृज सुपर प्रिमियम र शंकर शक्ति उत्पादन गर्दछ ।

    “स्क्र्याच गरी जितौँ थुप्रै स्योर सट उपहार, होण्डा साईन बाइक चढी बनाऔँ आफ्नो सपना साकार” को नाराले समेत ग्राहकहरु आकर्षित पारेको छ । यो सिमेन्ट उद्योगका उत्पादनहरु निकै गुणस्तरीय भएको ग्राहकहरुले समेत बताउने गरेका छन् ।

    उच्च प्राविधिक, दक्ष जनशक्ति र वर्षौ वर्षको विश्वास रहेको वृज सिमेन्ट इण्डष्ट्रिजले ISO 9001:2008 बाट प्रमाणित हुनुका साथै यसका उत्पादनहरु वृज सिमेन्ट NS 385   र वृज सुपर प्रिमियम ओपिसि NS 49 बाट प्रमाणित भईसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.