पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ रुपन्देहीको ओमसतिया आउने हुने ओमसतिया वडा नं.–६ वडा अध्यक्ष शिव कुमार धवलले बताउनुभया । जुमहानी पोखरा ताल पार्कको शिलान्यास गर्न फाल्गुन २८ गते प्रचण्ड ओमसतिया आउन लागेका हो ।
ओमसतिया गाउँपालिकाको वडा नं ६ मा अवस्थित जुमहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास गर्न पुर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड रुपन्देही आउन लागेको ओमसतिया–६ का वडा अध्यक्ष धवलले जानकारी दिनुभयो ।