पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, २४ फागुन । ओमसतिया गाउँपालिका वडा नं ५ को वडा कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन सम्पन्न छ। शुक्रवार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयको उद्घाटन गरिएको हो।
ओमसतिया गाउँपालिका वडा नम्बर ५ को कार्यालय जिर्ण अवस्थामा रहेको बर्सातको समयमा कर्मचारी र सेवाग्रही समेतले समस्याको सामना गर्नुपर्ने बाध्यता अन्त्य भएको कार्यालयको सचिवालयले जनाएको थियोे ।

“वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौ ।” गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको भनाइ छ।
उपाध्यक्ष सुनिता चौधरीले वडा कार्यालय भवन निर्माण गर्न पाउँदा खुसी लागेको छ व्यवस्थित वडा कार्यालय भवन निर्माण भएका छन्। अब कार्यसम्पादन गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो।
उपाध्यक्ष चौधरीका अनुसार, -” व्यवस्थित कार्यालय भएपछि कर्मचारी र सेवाग्रही सबैलाई सहजभएको छ। तर आफनो नाम शिलालेखमा नहुँदा दुःख को विषय रहेको छ ।”
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीको उपस्थिति रहेको थियो
वडा नम्बर ५ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल १ करोड ३२ लाखको लागतमा सुविधा सम्पन्न अपाङ्ग मैत्री वडा कार्यालय निर्माण भएको बताउनुभयो।
आज देखि कर्मचारी र सेवा ग्राहीहरु कार्यभार नवनिर्मित भवनबाट सुचारु भएको जानकारी गराउनु भएको थियो भने भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई वार्ड अध्यक्ष पोखरेलले धन्यवाद दिनुभएको थियो।
कार्यक्रममा वडा नम्बर १ को वडा अध्यक्ष बेल बराल २ नं का अध्यक्ष शितल जि टि, ३ नं का अध्यक्ष प्रकाश् सिंह चौधरी ४ नं का वडाध्यक्ष अखिलेश्वर पाण्डे कार्यपालिका सदस्य वडा सदस्य एव सामाज सेवि राजनीतिक दल कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लक्षिमण चाइको स्वागत र वडा नम्बर ४ का सचिव संजय यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।