logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    राम नवमी चैते दशैं सम्पन्न


    २४ चैत्र २०८१ , आइतबार

    राम नवमी चैते दशैं सम्पन्न

     पशुपति यादव । लुम्बिनीखबर 

    रोहिणी, २४ चैत्र । चैते दशै रामनवमी राम जन्मेको उपलक्ष्यमा राम नवमीको रूपमा मनाइन्छ। र अस्त्य माथि सत्यको विजयको रुपमा मनाइन्छ। रामनवमी सनातन हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो। यो पर्व सांस्कृतिक महत्वको पर्व पनि भन्ने गरिन्छ। असोजमा पर्ने मुख दशैँको एउटा प्रतिबिम्बित चैते दशैँ पनि पर्व हो। संस्कृत विदहरू बताउँछन्। वेद वेदान्त र धार्मिक मान्यता अनुसार खासमा नवरात्र वर्षको चारवटा हुन्छ तर मुख रूपले दुईवटा नवरात्र बडा दशैंको रूपमा भव्यताका साथ मनाइने गरिन्छ। असोज महिनाको नवरात्र वा चैत महिनाको नवरात्र श्रद्धालु भक्तजन हरु विभिन्न समुदायले विभिन्न हिसाबले मा दुर्गा भगवतीको पूजा अर्चना गर्ने गरिन्छ। नवरात्रीमा नौ दिनसम्म शक्ति पीठहरूमा विशेष रूपमा पूजा अर्चना गर्ने चलन रहेको छ। नवरात्री का दिनहरूमा श्री दुर्गा भवानीले नौ दिनसम्म नौ रूप धारण गर्ने भएकीले दुर्गा भवानीका नौ पिठमा गएर दर्शन गर्ने गरिन्छ। भक्तजनहरूले आफ्नो भाकल अनुसार पूजा अर्चना गर्ने गर्दछन् जानकारहरू बताउँछन्। यो पर्व असत्य माथि सत्यको विजय खराब तत्वमाथि असल तत्त्वले विजय हासिल गरेको भनि धुमधाम मनाइदै यस दिन 

    कसै कसैले आफ्ना इष्टमित्र र दिदीबहिनी नातेदार समेतलाई बोलाई भोजन खुवाउने चलन पनि रहेको छ। यस दिन दानवीय शक्तिमाथि दैविक शक्तिको विजय उत्सवको रूपमा मनाइने गरिएको भनिन्छ चैते दशैँलाई पनि मुख पर्व मानि शक्तिपीठहरूमा पूजा अर्चना गरी पशु वली भोग दिने प्रचलन रहेको छ। भने चाहे असोजको दशैं होस् वा चैतको दशैं होस् देवी भगवतीको पूजा अर्चना गर्ने विभिन्न समुदायमा विभिन्न तरिकाले पूजा अर्चना गर्ने चलन रहेको जानकारहरु बताउँछन्। केही समुदायले दुर्गा भगवतीको ठूलो मूर्ति बनाएर पूजा गर्दछन् भन्ने श्रद्धालु भक्तजनहरू ९ दिन व्रत बसेर पूजा अर्चना गरी नवरात्रीको अन्तिम दिन पूर्णहुती( हवन ) पछि मात्र भोजन ग्रहण गर्ने चलन र केही समुदायमा पशु वलि दिएर पूजाअर्चना गरिन्छ भनी केही समुदायमा आफ्नै घरमा धुप घ्युअक्षत मिसाई पूर्णहुती हवन गरी आफ्नै कुलदेवतालाई पूजा गरी मनाउने चलन रहेको छ देवी भवानी दुर्गा माताको पूजा गर्ने आफ्नो धर्म संस्कृति अनुसार फरक ढङ्गले मनाउने गरिन्छ देवी भगवती प्रति सबैको जनविश्वास रहेको छ।। जय माता दी।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.