पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ४ वैशाख । तराई मधेश जागरण अभियानमा रोहिणीको धकधईमा बुधवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता, कार्यकर्ता र पार्टीका शुभचिन्तकहरूले फुलमाला र बाजागाजा सहित भव्य स्वागत गरी बिहीवार विभिन्न कार्यक्रम गरेका छन।
तराई मधेश जागरण अभियानको क्रममा धकधईमा नेपालका प्रथम पूर्व प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘जनतासंग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियान’ बुधवार रुपन्देही जिल्ला प्रवेश गरी केन्द्रीय टोलीलाई रोहिणीको धकधईमा स्वागत गर्ने कार्यक्रम भएको थियो ।
बैशाख ४ गते बिहानको मर्निङ्गवाक र जनसंवाद – भैरहवा मिलनचोकदेखि, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीरोड हुँदै बुद्धचोकसम्मको कार्यक्रम सम्पन्न भएको छ।
बिहानको प्रशिक्षण कार्यक्रम अन्तर्गतका पत्रकारसंग अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। पत्रकार अन्तरक्रिया कार्यक्रम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधन अधिकार खोस्ने गरि होइन थप पूर्णअधिकार दिने गरि संबैधानिक लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनका लागि संविधान संशोधन जरुरी छ। पूर्व प्रधानमन्त्री प्रचण्डका अनुसार, -“देशको समृद्धिका लागि जनभावना अनुसार काम गर्नुपर्ने हुन्छ। जनताको अधिकार खोस्नको लागि होइन पूर्ण अधिकार सम्पन्न बनाउन जरुरी छ। ”
देशमा आएको गणतन्त्र व्यवस्था कसैले दान ,दक्षिणा दिएको होइन यो व्यवस्था बलिदानी, संघर्ष र नेपाली जनताबाट प्राप्त भएको हो।
“यो व्यवस्थामा सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिको हक अधिकार संविधानमा सुनिश्चित रहेको प्रचण्डको भनाइ छ। यो व्यवस्थालाई संस्थागत गर्नु अति आवश्यक छ।”
यो व्यवस्थालाई फेरि कुतत्वले पचाउन सकिरहेको छैन। आदिवासी, जनजाति, मधेसी, मुस्लिम र आम जनसमुदायले यस्ता कुतत्वहरुलाई खबरदारी गर्नु र ठेगान लगाउनु पर्छ। गणतन्त्रको रक्षाको निम्ति हामी आम नेपालीहरु एकजुट भएर प्रतिक्रियावादी विरुद्ध उभिनु आजको आवश्यकता रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई छ।