logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कोशी बाँधमा असुरक्षाको प्रचार माओवादी दमन गर्ने षडयन्त्र


    १४ साउन २०७३ , शुक्रबार

    कोशी बाँधमा असुरक्षाको प्रचार माओवादी दमन गर्ने षडयन्त्र

    भारतले ठूला प्रतिरोधको सामना गर्नुपर्ने विप्लव माओवादीको चेतावनी
    १४ साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कोशी बाँधमा नेपालका माओवादी र अन्तर्रा्ष्ट्रिय आतंकवादीको बहाना बनाएर दमन गर्ने षडयन्त्र नगर्न भारतलाई चेतावनी दिएको छ ।
    netrabikram-chand-biplab
    अन्तर्रा्ष्ट्रिय आतंकवादीको बहाना बनाएर नेपालको माओवादीलाई दमन गर्ने तानाबुना भारतले बुनेको माओवादीको ठहर छ । यो स्वम् भारतलाई नै आत्मघाती हुने विप्लव माओवादीका अन्तराष्ट्रिय विभाग प्रमुख ‘कञ्चन’ले विज्ञप्ति निकालेर चेतावनी दिएका छन् ।

    ‘राष्ट्रिय स्वाधीनताको संघर्षलाई कथित आतंकवादको हवाला दिएर ओझेलमा पार्ने र नेपाललाई त्रासको छायाँमुनि नियन्त्रण गर्ने अतिक्रमणकारी, हस्तक्षेपकारी बाटो भारतले पकडेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय शासक वर्गले सुनियोजित प्रकारले हँुदै नभएको झूठो (गोयवल्स) प्रचार गरेर जसरी घटिया र भयानक षडयन्त्र नेपालको माओवादी सारतः विश्व माओवादी क्रान्तिकारीका विरुद्धमा रच्न खोजेको छ, त्यो भारतकै लागि आत्मघाती सावित हुनेछ ।’

    नेपालको माओवादी आन्दोलनलाई दवावमा राख्ने या दमन गर्ने भारतको सोचाइले नेपालको माओवादी आन्दोलन, नेपाली जनताको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अलिकति पनि विचलित गर्न नसक्ने माओवादीले स्पष्ट पारेको छ ।

    ‘लस्करे तोइवा, जय(से(मोहम्मदहरुको सवाल छ, ती संगठनको नेपालसँग न कुनै सरोकार छ, न त ती संगठनसंँग माओवादी आन्दोलनको कुनै सम्वन्ध नै हुन सक्छ । यो प्रचार भारतीय शासक वर्गले गर्नुभनेको नेपालमा अन्तर्रा्ष्ट्रिय पूँजीपतिवर्गले श्रमिक जनताको मुक्ति आन्दोलन र क्रान्तिहरुमाथि अनेकौं घटनाहरु घटाउने र दमन गर्ने चालबाजी तयार गर्नु मात्र हो,’ विज्ञप्तिमा लेखिएको छ ।

    केही समययता भारतीय सञ्चार माध्यमहरुले नेपालको माओवादी आन्दोलनलाई मुछेर असामान्य, अस्वाभाविक, बाँध भत्काउनेसम्मका प्रचार गरिरहेको भन्दै त्यसलाई रोक्न माओवादीले चेतावनी दिएको छ ।

    ‘नेपाली जनताले दशकौंदेखि संचालन गर्दै आएका स्वाधिनताको संघर्ष साथै नेपालमा जनताको सत्ता स्थापना गर्ने अभियानलाई कुनै प्रभाव पर्ने छैन । बरु भारतले नै अरु ठूला प्रतिरोधहरुको सामना गर्नु पर्नेछ ,’ विज्ञप्तिमा लेखिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.