logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भैरहवामा उत्कृष्ट नतिजा ल्याउने १ हजार प्लस टु विद्यार्थी सम्मानित हुने


    २३ साउन २०८२ , शुक्रबार

    भैरहवामा उत्कृष्ट नतिजा ल्याउने १ हजार प्लस टु विद्यार्थी सम्मानित हुने

    भैरहवा, साउन २३ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटी, सिद्धार्थनगर, रुपन्देहीले २०८२ वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ।

    सिद्धार्थनगर नगरपालिका क्षेत्रका विद्यालयहरूमा अध्ययन गर्ने वा सो क्षेत्रमा स्थायी बसोबास गर्ने, कक्षा १२ मा ३.२ वा सोभन्दा बढी जीपीए ल्याउने करिब १ हजार विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सम्मान गरिने अनेरास्ववियु सिद्धार्थनगरका अध्यक्ष के.एल. पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्ला वर्षहरूमा पनि यस्तो कार्यक्रम आयोजना गरिएको थियो र यस वर्ष पनि निरन्तरता दिइने भएको हो।

    विद्यार्थी सम्मान कार्यक्रम यही साउन ३१ गते शनिबार दिउँसो १ बजेदेखि सिद्धार्थनगर–१२ स्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा हुने अनेरास्ववियु सिद्धार्थनगरका प्रचार विभाग प्रमुख प्रतीक नेपालले जनाउनुभयो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.