logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    विपत व्यवस्थापनमा सबैको भूमिका प्रशंसनीय छ


    २१ साउन २०७३ , शुक्रबार

    विपत व्यवस्थापनमा सबैको भूमिका प्रशंसनीय छ
    IMG_3781...

    विष्णु प्रसाद ढकाल प्रमुख जिल्ला अधिकारी तथा संयोजक जिल्ला दैवी प्रकोप उद्दार समिति, रुपन्देही

     

    अधिक वर्षाका कारण रुपन्देही जिल्ला पनि प्रभावित भएको छ । जिल्लाको वास्तविक अवस्था के छ ?
    –विशेष गरी ६ गते राती, सात र आठ गते परेको वर्षाका कारण जिल्लाको पश्चिम क्षेत्रमा भन्दा पुर्वमा वढी प्रभावित पा¥यो । पट्खौली, वसन्तपुर र देवदह क्षेत्र  बढी प्रभावित भए । देवदहका त पूर्वपश्चिम राजमार्गको माथिबाटै बाढी आयो र स्थानिय केही सर्वसाधरणको घर क्षति पु¥यायो । हामीले यसको तत्कालै रेस्क्यु ग¥याँै र ठुलो क्षति हुनबाट जोगायौ । पट्खौलीमा १७ घर र यसका बसोबास गर्नेहरुले रोहिणी नदीले क्षति पु¥यायो भने केहि घर बगायो पनि यसको पनि हामीले समयमा नै उद्धार टिम परिचालन गरेर मानविय क्षति हुन दिएनौँ । वसन्तपुरमा ७ जनाले रुखमा चढेर ज्यान बचाए । उनीहरुको पनि सुरक्षाकर्मीको सहयोगमा उद्धार ग¥यो । यहाँका पाँच परिवारलाई बाढीले क्षति पु¥यायो । यस क्षेत्रमा हामीले उद्योग व्यापार संगठन रुपन्देही, सिद्धार्थनगर उद्योग वाणिज्य संघ र रेडक्रसको सहयोगमा खाद्यान्न, लत्ताकपडा लगायतका राहतका सामान वितरण ग¥याँै ।
    त्यस पछि दश र एघार गते भीषण वर्षाका कारण तिनाउ नदीको बहाब निकै बढ्यो । यसले नदीको पूर्व र पश्चिम भागमा क्षति पु¥याएको छ । बुटवल उपमहानगरपालिका वडा नम्वर १३ बुद्धनगर र देविनगर क्ष्ँोत्रमा केही जग्गाहरु पनि कटान ग¥यो । केही घरहरु समेत बगायो । २०६२ सालमा लगभग २ करोड पचास लाखको लगानीमा निर्माण भएको झोलङगे पुल बगाएको छ । जसका कारण त्यसक्षेत्रमा आवत जावतमा समस्या निर्माण गरेको छ । तिनाउ नदीले धेरै ठाउमा  सयौ विघा जग्गा कटान गरेको छ । तल्लो भागको हाटी वनगाईक्षेत्र, लुम्बिनी साकृतिकनगर नगरपालिका वडा नम्वर २ भर्तापुरमा ठुलो क्षती पु¥याएको छ ।
    यहाँका ३ सय परिवार र यहाको जग्गा जमित डुवानमा परेको छ । तत्काल स्थानिय स्कुल तथा मन्दिरमा बस्ने व्यवस्था गरेपनि पानीको वहाव घट्दै गए पछि घर फर्किनेहरु पनि रहेका छन् । यहाँ १२ घर पूर्णरुपमा क्षति पुगेको छ । रोटरी क्लब अफ सिद्धार्थनगर, जर्गश ग्रुप र रेडक्रसको सहयोगमा राहत उपलव्ध गराइएको छ ।  हाटी वनगाई क्षेत्रमा पनि ९ घरमा क्षति पु¥याएको छ । सूर्यपुरा क्षेत्रमा रहेको अष्ट्रिच फर्मको केही भाग बगाएको छ र ठुलो आर्थिक क्षती पु¥याएको छ । सालझण्डीक्षेत्रमा रहेको कञ्चन खोलाले वगाएर २ जनाको ज्यान लिएको छ । तिनाउ नदीले सोह्र छत्तिस कुलोमा १ करोड मुल्य बराबरको क्षति पु¥याएको छ ।
    सवै क्षेत्रको स्थलगत अनुगमन गरी क्षतिको विवरण तयार गर्ने र तत्काल सहयोग गर्ने काम जिल्ला प्रशासन कार्यालयले गरिरहेको छ ।
    जिल्लामा रहेका तिनाउ,रोहीणी,कञ्चन खोलाहरुले पुराएको क्षतीलाई न्युनिकरण र तत्काल राहतको लागी यहां जिल्ला दैविक प्रकोप उद्धार समितिको अध्यक्षको हैसियतले जिल्लामा रहेका प्रशासनिक निकायलाई कसरी परिचालन गर्नुभएको छ ?
    –यहाँले राम्रो प्रश्न सोध्नुभयो । हामीले हिजो मात्र जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठक बसी नयाँ निर्णय गरेका छौँ । जसमा जिल्ला प्राविधिक टोलीको संयोजकमा भूसंरक्षण कार्यालय, सिँचाई कार्यालय, जलउत्पन्न प्रकोप कार्यालय, जनताको तटबन्ध, खानेपानी तथा सरसफाई कार्यालयका कार्यालय प्रमुखहरुको प्राविधिक टोली गठन गरी कार्यविभाजन गरेका छाँै । भूसंरक्षणले केन्द्रमा नै सम्पर्क गरेर तारजाली व्यवस्था गरेको छ भने जनताको तटबन्ध कार्यक्रम मार्फत पनि नदी कटान नियन्त्रणमा हामीले जोड दिएका छाँै ।  तिनाउ नदीले बगाएको झोलुङगे पुलको पुर्ननिर्माणमा स्थानीयको माग अनुसार केन्द्रमा पत्राचार गरिएको छ । प्राविधिक टोलीले जिल्लामा पुगेको क्षतिलाई व्यवस्थित गर्नका लागी कार्ययोजना बनाई सडक, कल्भर्ड,बिजुलीमा पुगेको क्षतिको पुर्ननिर्माण गर्नका लागी जिल्लाको साधन स्रोतले पुगे सम्म यहीबाट गर्ने र नपुगेको केन्द्रमा सहयोग मागेर अगाडी बढ्ने छलफल भएको छ । अमुवार मर्चवारको केही क्षेत्रमा विद्युतीय पोलहरु ढलेको छ । यस ठाउँमा नयाँ पोल गाडेर विद्युत सुचारु गर्न मैले निर्देशन दिए बमोजिम विद्युत कार्यालयले काम गरिरहेको छ । जिल्ला प्राविधिक टोलिको छलफल र अनुगमन बाट आउने निष्कर्षका आधारमा अगाडी थप कार्ययोजना तयार गरि अगाडी बढिने छ ।
    भैरहवा क्षेत्र डुबान हुने मुख्य कारण भनेको भारतिय पक्षले एकतर्फी रुपमा निर्माण गरेको डण्डा फरेना तटवन्ध हो भनिन्छ । यहाको बुझाएका के लाग्छ ?
    –यो पनि सही कुरा हो । स्थानियले विगतमा गरेको छलफलमा यो कुरा आइसके पछि हामीले विशेष गरी त्यहाँको काउन्टर पार्टको बैठकमा यो कुरा राखेको थियौँ । हाम्रो सिमा सुरक्षार्थ खटिएको टोली शसस्त्र प्रहरी बलका प्रमुख एसपी गणेश संग्रौलालाई पनि आफ्नो मातहतको भारतिय निकायमा कुरा गरी समस्या समाधानका लागी निर्देशन मैले दिएको थिय । यी सबैका कारणले अहिले  डण्डा फरेना तटबन्धको गेट खोलिएको छ । यसको स्थानीय समाधानका लागी दुई देश बीच आफसी छलफल गरी समाधान गराउने पक्षमा हामी लाग्नु पर्दछ ।
    विगतमा वर्षातको समयमा भारतीय बाँध नै मुख्य हुने गरेको थियो । जसका  लागी जिल्ला प्रमुखहरुले भारतीय पक्ष संग समन्वय गरी गेट खोलिने गरेको थियो । अहिले यहाँले यसका लागी अनुरोध गर्नु प¥यो की परेन ?
    –अहिले गेट बन्द गरिएको अवस्था थिएन । यसका लागी हाम्रो सिमा सुरक्षा बलले भारतीय पक्ष सँग छलफल गरि अग्रिम तयारी गरेकाले त्यस्तो अहिले गर्न परेन । हामीले आगामी दिनमा काउन्टर पार्टको बैठकमा यो कुरा प्राथमिकताका साथ अगाडी बढाउने सोचमा छौँ । सीमाका अन्य विषयमा भने छलफल र कुराकारी भैरहेको छन् । दशगजा क्षेत्रमा नयाँ सिमा पिल्लर निर्माण को कार्य पनि समाधान भैसकेको छ । दुवै पक्षका अधिकारी मार्फत हस्ताक्षर भै केन्द्रमा पठाउने काम समेत अगाडी वढेका छन् ।
    जिल्लामा बाढीका कारण क्षति हुनुमा समयमा नै जिल्ला भूसंरक्षणले समयमा नै क्षति हुने स्थानको पहिचान गरि तारजाली नलगाउँदा पनि हुने गरेको स्थानियहरुको जनगुनासाहरु आउने गरेका छन् । यसमा जिल्ला दैविक प्रकोप उद्दार समितिले कसरी लिएको छ ?
    –हो, केही बुझाईमा यो पनि मिल्ने गरेको छ । बाढीका कारण हुने क्षतिमा केहि प्रतिशत यो भूसंरक्षण कार्यालय पनि जिम्मेवार हुन्छ । तर यहाँ विशेषतः क्षति भएको स्थान प्राय पुरानो नदीले छोडेका भागहरुको उपयोग गरेका क्षेत्र परेका छन् । कुनै मापदण्ड बिना यसरी बस्दा यसको समस्या हुने गरेको छ । भूसंरक्षणमा प्राविधिक कुरा र साधन स्रोतका कारण पनि योजना अनुसार कामहरु अगाडी बढ्न नसक्दा समेत समस्या निम्तिएको छ । तिनाउ नदीको हकमा भने अब तिनाउ कोरिडोरका लागी छुट्टाएको ८ सय १४ रोपनी जग्गा को वारि पारि लगाइने सुरक्षा पर्खाल र सडकका कारण यो समस्या समाधान हुने देखिन्छ ।
    बाढीका कारण जिल्लामा पुगेको क्षतीका विषयमा यहा“ले स्थलगत अध्ययन गर्नुभयो । मुख्य के कारणले यहां यति धेरै क्षति हुन पुगेको होला ?
    –मुख्य कारण मौसम परिवर्तन पनि हो । अनावृष्टि र अनावृष्टि पनि हो । चुरे क्षेत्रमा भएको वन विनाशका कारण पनि भूभागको कमजोर रहेकाले बाढीहरुले क्षति पु¥याएको देखिन्छ । नदीको पुरानो स्थानमा बसेकाहरुका कारण पनि क्षति भएको छ । जहिले पनि नदीले छोडेको जग्गा भन्दैमा प्रयोग गर्दा र बसोबास गर्दा पुन नदी पुरानो स्थानमा आउँदा यो समस्या आउने गरेको छ । नदीले कटान गर्दा पुगेको क्षतिलाई वैज्ञानिककरण गरि रोक्ने प्रयासमा लाग्नु पर्दछ ।
    अन्त्यमा, बाढी पिडित जनतालाई यहाँले के भन्न चाहानुहुन्छ ?
    –प्रकोप फेरि पनि आउन सक्छ । भुकम्प  आयो । आगो लागी हुन्छ । अहिले बाढीले क्षति पु¥याएको छ । यी सवै प्राकृतिक विनाश हुन् ।  मानिस सबैभन्दा पहिला सजग हुनुप¥यो । प्राकृतिक प्रकोपबाट बच्न आँफै होसियार भए पछि कम क्षति हुन्छ । बाढीबाट बच्न पहिलो त नदीले छोडेको पुरानो स्थानमा बसोबास गर्नु जोखिम मोल्नु हो ।  यस्तो ठाउँमा नबस्न अनुरोध गर्दछु । चेतनामूलक र सूचना मूलक कार्यक्रमहरु पनि गर्न आवश्यक छ । तिनाउमा १२ ठाउँमा जडित साइरनका कारण अहिले कम मानविय क्षति भएको छ । यस्तो अन्य स्थानमा पनि हुन आवश्यक छ । जिल्लाले प्रतिकारी समिति मार्फत यस्ता विषयमा अगाडी बढ्ने सोच राखेको छ तर साधन स्रोतका कारण समस्या रहेको देखिन्छ । म जिल्लाको सबै क्षेत्रमा बाढी पिडित भएको क्षेत्रमा स्थलगत अध्ययन गरेको छु र स्थानियहरुको सहयोगमा राहत पनि वितरण  पनि भैरहेको छ । आवश्यक अनुसार राहत वितरण कार्य अगाडि भैरहेको छ ।
    प्रस्तुतिः कमल रायमाझी

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.