लुम्बिनीखबर
सिद्धार्थनगर, भदौ । लुम्बिनीखबर पत्रिकाले आफ्नो १४औं वार्षिकोत्सव भैरहवामा भव्य समारोहका बीच मनाएको छ ।
वि.स.२०६८ सालमा रुपन्देहीको भैरहवाबाट स्थापना भएको यस पत्रिकाले १४ वर्षको सफल यात्रा पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । स्थानीय समुदायमा सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको लुम्बिनीखबरले यो अवसरमा आफ्नो प्रतिबद्धता र उपलब्धिहरूलाई स्मरण गर्दै भविष्यका लागि थप जिम्मेवारीबोध गरेको छ ।
बुधवार भैरहवामा आयोजित समारोहमा पत्रिकाको १४औं वार्षिकोत्सव मनाइएको हो । कार्यक्रम लुम्बिनीखबर पत्रिकाका अध्यक्ष श्री रायमाझीको अध्यक्षतामा संचालन गरिएको थियो भने र पत्रिकाका सम्पादक कमल रायमाझीले कार्यक्रमको संयोजकत्व गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आमसञ्चार, सामाजिक सञ्जाल र सुरक्षा विषयमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियाले पत्रकारिता र समाजका विभिन्न पक्षहरूबारे गहन छलफलको अवसर प्रदान ग¥यो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे ले आफ्नो मन्तव्यमा पत्रकारिताको महत्व र समाजमा यसको प्रभावबारे प्रकाश पार्नुभयो । “लुम्बिनीखबर पत्रिकाले स्थानीय समुदायमा सूचना प्रवाह र जागरूकता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ । निष्पक्ष र विश्वसनीय पत्रकारिताले समाजलाई सही दिशामा डो¥याउन सक्छ ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका डिआईजी राजेन्द्र प्रसाद भट्टले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा आमसञ्चारको भूमिकामाथि जोड दिनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र पत्रकारिताले जनचेतना फैलाउन र सुरक्षित समाज निर्माणमा महत्पूर्ण भूमिका खेल्छ । लुम्बिनीखबरले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने जिम्मेवारीलाई निरन्तरता दिनुपर्छ र सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाएर सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउनुपर्छ । ”
लुम्बिनीखबर पत्रिका वि.स. २०६८ सालमा स्थापना भएदेखि नै स्थानीय समुदायको आवाज बनेर उदाएको छ । रुपन्देही र लुम्बिनी प्रदेशका विभिन्न मुद्दाहरूलाई प्राथमिकता दिँदै यो पत्रिकाले शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, र सुशासनका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । हाल लुम्बिनीखबर सञ्चार गृह मार्फत लुम्बिनीखबर पत्रिका, समता टेलिभिजन, र वार्डनेपाल सञ्चालनमा रहेको छ । पत्रिका सञ्चालनमा आएको एक दशक पछि टेलिभिजन सञ्चालनमा आएको थियो भने एक वर्षदेखि अनलाइन माध्यमबाट आम जनसमक्ष सूचना तथा समाचार सम्प्रेषण गर्दै आएको कार्यक्रमका अध्यक्ष रायमाझीले बताउनुभयो ।
कार्यक्रम पत्रिकाका सम्पादक कमल रायमाझीले लुम्बिनीखबरको भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभयो । हामीले १४ वर्षको यात्रामा धेरै कुरा सिकेका छौं । हाल डिजिटल मिडियाको युगमा पत्रिकाले आफ्नो पहिचान कायम राख्दै नयाँ प्रविधिसँग जोडिनुपर्नेमा जोड दिनुभयो । लुम्बिनीखबर पत्रिकाले आगामी दिनमा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनीखबर पत्रिकाका कर्मचारी, लेखक, र पूर्व कर्मचारीहरूलाई सम्मान गरिएको थियो । पत्रिकाले उत्कृष्ट कर्मचारी, निरन्तर लेख उपलब्ध गराउने लेखकहरू र स्थापना कालदेखि पत्रकारितामा योगदान पु¥याउने पूर्व कर्मचारीहरूलाइ मायाको चिनोसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा समाचार शाखा प्रमुख झब्बर यादव, भिडियो सम्पादक सृष्टि पन्थी, लेखक उदयराम पौडेल, र लेखक शालग्राम अधिकारीलाई सम्मान पत्रका साथै नगद प्रदान गरिएको थियो भने, पूर्व कर्मचारीहरू प्रकाश न्यौपाने, विष्णु प्रसाद प्रसाद भट्टराई, मोहम्मद हविव, सलमान खाँन र विवेक विश्वकर्मालाई मायाको चिनोसहित सम्मान गरिएको थियो । यो सम्मानले पत्रिकाको टिममा उत्साह थपिएको छ भने पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पु¥याउनेहरूलाई प्रोत्साहन प्रदान गरेको छ ।
सम्मान ग्रहण गर्नेहरूले लुम्बिनीखबर पत्रिकाको यात्रा र यसले समाजमा पु¥याएको योगदानको प्रशंसा गरे । एकजना सम्मानित लेखकले भने, “लुम्बिनीखबर पत्रिकाले सधैं स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिएको छ र हामी लेखकहरूलाई लेखनका लागि प्रेरित गरेको छ ।” यस्तै, पूर्व कर्मचारी प्रकाश न्यौपानेले पत्रिकाको सुरुवाती दिनहरूको सम्झना गर्दै आफूहरूको योगदानलाई सम्झिएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले लुम्बिनीखबरको योगदानको खुलेर प्रशंसा गर्दै एकजना सहभागीले भन्नुभयो, “लुम्बिनीखबरले स्थानीय समस्याहरूलाई उजागर गर्नुका साथै समाधानका लागि पनि पहल गरेको छ । यो पत्रिका हाम्रो समुदायको साँचो ऐना हो ।” स्थापना कालदेखि विभिन्न किसिमका आरोह अवरोह पार गर्दै १५औं वर्षमा प्रबेश गरेको छ । भैरहवा क्षेत्रको सबै भन्दा पुरा पत्रिका पनि हो । हालसम्म भैरहवामा धेरै मिडिया खुलेर बन्द भए तर यो पत्रिका निरन्तर रहेको छ र अगामी दिनमा फलदायी होस शुभकामना व्यक्त गर्नुभयो ।