लुम्बिनीखबर
भैरहवा, साउन २२ । भैरहवाका उद्योगी व्यपारीको तस्वीर राखी फेसबुक मार्फत एक जना व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

मधेसी जनता पार्टी, मधेसी जनमुक्ति सेनाको संयोजक भनी नाम उल्लेख गरी प्रताप सिंह मधेसीको नामबाट २४ जना भैरहवाका व्यक्तित्वको तस्वीर नै सार्वजनिक गदै ज्यान लिने धम्की दिएका हुन् ।
हाम्रो प्यारो सहर भैरहवाको नामक फेसबुक आइडी मार्फत ती व्यक्तिले ती २४ जना औद्योगिक घरानाका व्यक्तित्वदेखी समाजसेवी एवं व्यापारीहरुलाई सुटआउट गर्ने धम्की दिएकोले अहिले भैरहवामा एक किसीमको त्रास फैलिएको छ ।
हिन्दी र नेपाली दुबै भाषामा लेखिएको उक्त विज्ञप्तीमा पहाडीयाहरुलाई लखेट्नु पर्ने, मारबाडीका दलालहरु, स्मगलर भन्दै जथाभावी प्रत्येक व्यक्तित्वलाइ गालीगलौज गरेका छन् । विज्ञप्तीमा धम्की दिँदैं राज्यलाई समेत चुनौती दिएको छ ।
उक्त विज्ञप्ती सरसर्ती हेदा सि.के राउत समूहको जस्तो देखिएता पनि मधेसी जनता पार्टी, मधेसी जनमुक्ति सेनाको नाम उल्लेख हुनुले झन रहस्यमय भएको छ । प्रहरीले भने यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले फेसबुकमा अफबाह फैलाउनेलाई प्रविधिको प्रयोग गरी तत्काल कारवाहीको दायरामा ल्याउने जनाए ।
यता यसरी तस्वीर नै सार्वजनिक गरेर धम्काउने प्रतापसिंह मधेसी को हुन ? यी व्यक्ति के उल्लेख गरे जस्तै पार्टीका मान्छे हुन वा विगतमा जस्तै भगत सिंहले धम्काए जस्तै धम्काएर चन्दा उठाउन खोज्ने हुन ।