logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ को नवनिर्मित वडा भवन उद्घाटन


    ३१ असोज २०८२ , शुक्रबार

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ को नवनिर्मित वडा भवन उद्घाटन

    अन्जना चौहान। लुम्बिनीखबर 

    लुम्बिनी, ३१ असोज । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ मा नवनिर्मित वडा भवनको उद्घाटन सम्पन्न भएको छ। कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले भवनको उद्घाटन गर्दै यसले सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। उनले वडा नं. १२ मा पहिले आफ्नै भवन नहुँदा निजी जग्गामा सेवा सञ्चालन गर्नुपरेको स्मरण गर्दै अब वडावासीले आफ्नै भवनबाट सहज सेवा प्राप्त गर्नेमा खुशी व्यक्त गरिन्।

    यो भवनको शिलान्यास स्वर्गीय नगर प्रमुख सजरुद्दीन मुसलमानले गरेका थिए। उनको हरेक वडामा आफ्नै भवन बनाउने सपना पूरा भएकोमा कार्यवाहक मेयर हरिजनले सबैको सहयोग र प्रयासको प्रशंसा गरिन्।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले जनताको काम समयमै सम्पन्न गर्न र गुणस्तरीय सेवा प्रदान गर्न भवन निर्माण गरिएको बताइन्। उनले कागजात सुरक्षित राख्न र कर्मचारीहरूलाई सुविधा प्रदान गर्न भवनले सहजता ल्याउने उल्लेख गर्दै छिटो र प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीहरूलाई आग्रह गरिन्।

    वडा अध्यक्ष हरिकेश लोधले विगतमा जिर्ण भवन र साँघुरो कोठाका कारण सेवा प्रवाहमा कठिनाइ भएको स्मरण गरे। उनले एक वर्षको अथक प्रयासपछि जग्गा व्यवस्थापन गरी भवन निर्माण सम्पन्न भएको बताउँदै अब वडावासीले सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

    कार्यक्रम वडा अध्यक्ष लोधको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यवाहक मेयर कल्पना हरिजन प्रमुख अतिथि र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन सुनिल न्यौपानेले गरेका थिए।

    उद्घाटन समारोहमा वडा नं. १ देखि १३ का वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, वडा कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सुरक्षा निकाय र स्थानीयवासीको सहभागिता रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.