लुम्बिनीखबर
भैरहवा, पुस । नेपालमा स्वास्थ्य उपचारको खर्च निरन्तर बढ्दै गएका कारण धेरै सर्वसाधारण नागरिकहरू आवश्यक शल्यक्रिया गराउन नसकी वर्षौंसम्म पीडा सहन बाध्य छन्। यस्तो समस्या सम्बोधन गर्न भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि. ले सर्वसाधारणका लागि विशेष ‘सस्तो अपरेसन शिविर प्याकेज’ सञ्चालन गर्ने भएको छ।
अस्पतालका अनुसार यो शिविरबाट सयौं बिरामीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। प्याकेजमा औषधीसहित सम्पूर्ण उपचार सेवाहरू समावेश गरिएका छन्। विशेष गरी पेट तथा गुदासम्बन्धी रोगहरू जस्तै पित्तथैलीको ढुंगा, हर्निया, बवासीर, फिस्टुला र भगन्दर जस्ता सामान्य रोगहरू समयमै उपचार नहुँदा जटिल बन्न सक्छन्। आर्थिक कमजोरीका कारण उपचार टार्दै आएका बिरामीहरूलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्नु यो शिविरको मुख्य उद्देश्य हो।
पहिले यस्ता रोगको शल्यक्रियाका लागि काठमाडौं वा अन्य ठूला सहर जानुपर्ने बाध्यता थियो। अब सिद्धार्थनगर सिटी हस्पिटलले अनुभवी शल्य चिकित्सकहरू, आधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मीहरूको व्यवस्था गरी स्थानीय स्तरमै उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।
अस्पतालका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक चिकित्सक डा. हरि शर्मा भन्नुहुन्छ, “धेरै बिरामीहरू शल्यक्रिया महँगो हुने डरले वर्षौंसम्म पीडा सहन बाध्य छन्। यो शिविरले आर्थिक कारणले कसैलाई पनि उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्य राखेको छ। आधुनिक न्यून चिरफार (ल्याप्रोस्कोपिक) प्रविधिबाट गरिने शल्यक्रियाले बिरामीलाई कम पीडा, कम संक्रमणको जोखिम, छोटो अस्पताल बसाइ र छिटो सामान्य जीवनमा फर्किन सहयोग पुग्छ।”
पित्तथैलीको ढुंगा (ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी), हर्निया, बवासीर, फिस्टुला, भगन्दर जस्ता शल्यक्रियाहरू आधुनिक न्यून चिरफार प्रविधिबाट गरिने भएकाले कम पीडा, कम रगत आवश्यकता र सस्तोमा सुरक्षित उपचार उपलब्ध हुने अस्पतालले जनाएको छ। अस्पतालमा आधुनिक मोडुलर अपरेसन थिएटर, प्रि–अपरेटिभ तथा पोस्ट–अपरेटिभ केयर, फुल टाइम एनस्थेसिया विशेषज्ञ, अनुभवी सर्जन र नर्सिङ टोली, साथै आपतकालीन सेवा उपलब्ध छन्।
एच.आर. म्यानेजर विधा गौतम भन्नुहुन्छ, “हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौं। सस्तो प्याकेज भए पनि सेवा उच्चस्तरीय नै हुन्छ। शल्यक्रियापछि नियमित फलो–अप र परामर्श सेवा पनि प्रदान गरिन्छ।”
शिविर पौष १५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। समय: बिहान १० बजेदेखि साँझ ४ बजेसम्म। शनिबार शिविर सञ्चालन हुँदैन। यो शिविर सीमित समयका लागि मात्र सञ्चालन हुने भएकाले इच्छुक बिरामीहरूलाई समयमै नाम दर्ता गराउन अस्पतालले आग्रह गरेको छ।
सिद्धार्थनगर सिटी हस्पिटलले यस किसिमका शिविरमार्फत समाजप्रतिको जिम्मेवारी निर्वाह गर्दै आएको छ। आगामी दिनमा पनि किफायती तथा जनमैत्री स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको अस्पतालले बताएको छ। यो शिविरले स्थानीय नागरिकको स्वास्थ्य जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
अधिक जानकारीका लागि सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्पर्क गर्न सकिन्छ।