अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, पुस। लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ ले लक्षित कृषकहरूलाई १०४ थान चार्जर स्प्रे टंकी वितरण गरेको छ। वडा अध्यक्ष अकरामुद्दीन मुसलमानले यो कार्यक्रमले कृषकहरूको सुविधा विस्तार गरी खेतीमा विषादी छर्कने कार्यलाई सहज बनाउने बताएका छन्।
वडा अध्यक्ष मुसलमानका अनुसार, यो कार्यक्रमको मुख्य उद्देश्य घर–घरमा स्प्रे टंकी पु¥याएर कृषकहरूलाई विषादी प्रयोगमा सहयोग पुर्याउनु हो। “कृषकहरूको उत्पादन क्षमता वृद्धि हुने विश्वास हामीले लिएका छौं,” उनले भने।
स्प्रे टंकी वितरण कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मेरुदण्ड बताउँदै युवाहरूलाई कृषिमा आकर्षित गर्न सरकारले आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिएको बताइन्। उनले कृषिमा संलग्न हुन चाहने युवाहरूलाई बीउ पुँजी प्रदान गरी प्रोत्साहन गर्ने नीति अघि बढाइएको जानकारी दिइन्।
“कृषकहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ नगरपालिकाले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ,” कार्यवाहक नगर प्रमुख हरिजन का अनुसार, “यसले उत्पादन वृद्धि मात्र होइन, कृषकहरूको आयस्तर सुधारमा पनि ठोस योगदान पुर्याउनेछ।” उनले आगामी दिनमा कृषि प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कृषकहरूलाई प्राप्त स्प्रे टंकीको उचित सदुपयोग गर्न आग्रह गरिन्।
कार्यक्रममा वडा सचिव, नगरपालिकाका कर्मचारी, कृषि शाखाका कर्मचारी तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो।