logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सीमावर्ती बजारमा गुणस्तरहिन भारतीय छडको विगविगी


    ३२ साउन २०७३ , मंगलबार

    सीमावर्ती बजारमा गुणस्तरहिन भारतीय छडको विगविगी

    नरेश के.सी.
    भैरहवा, साउन ३१ । सीमावर्ती क्षेत्र नेपालका बजारहरुमा अहिले गुणस्तरहिन भारतीय छडको विगविगी बढेर गएको छ ।

    नेपाली छडको प्रायाप्त उत्पादन हँुदाहुदैं केही उद्योग र हार्डवेयरहरुले अवैध ढंगले गुणस्तरहिन भारतीय छड विक्री वितरण गर्दा स्वदेशी उद्योग मारमा परेको भन्दै  नेपाल रोलिंग मील एशोसियसनका अध्यक्ष धुव्र कुमार श्रेष्ठको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ध्यानकर्षण समेत गराएका छन् ।

    एशोसियसनले यस अघि पुर्व मन्त्री सोमप्रसाद पाण्डे र उद्योग विभागका उच्च स्तरीय कर्मचारीसँग बैठक समेत बसी गुणस्तरहिन भारतीय छड आयातमा रोक लगाउन आग्रह गरेका थिए ।

    तर राजनीतिक अस्थिरताको कारण भारतीय राजदुतावासको असन्तुष्टि हुने डरले सरकारले सो कदम चाल्न नसकेको उद्योगीहरु बताउँछन् । एक उद्योगीले भने “सरकार हाम्रा माग प्रति सकारात्मक छ तर भारतले आफ्ना उत्पादन किन रोकेको भनी असन्तुष्टि जनाउंछ की भन्ने डरले कडा कदम चाल्न सकेको छैन । ”

    रुपन्देहीको भैरहवा भन्सार हुदैं आर्थिक वर्ष २०७२ । ०७३ को मसान्त सम्म करिब १ अरबको भारतीय छड आयत भएकोछ ।

    यो दर नेपालको अन्य भन्सार नाकामा पनि रहेको छ । भारतीय छड विना मापदण्ड उत्पादन हुदैं आएको छ  भने कच्चा पदार्थ पनि कबाडबाट लिने गरिन्छ ।

    indian chhad

    भारतीय छडको गुणस्तर अत्यनै न्यून भएकोले तत्काल आयतमा रोक लगाउन सरकारसंग आग्रह गरिएको नेपाल रोलिंग मील एशोसियसनका सदस्य हरि न्यौपाने जनाए । न्यौपानेले भने “नेपालमा भएका सबै छड उद्योगले वार्षिक ६ लाख मेट्रिक टन उत्पादन क्षमता राख्दछन् । जबकी यहां वार्षिक ५ लाख  मेट्रिक टन मात्रै माग छ । यसर्थ माग अनुसारको पुर्ति सहजै भएको अवस्थामा बाहिरबाट छड मगाउनु जरुरी नै छैन । ”

    नेपालमा विक्री वितरण भइरहेको भारतीय छडको गुणस्तर न्यून भएको नेपाल गुणस्तर विभागले समेत स्वीकारेको छ । विभागका प्रवक्ता रोनी मानन्धरले फोन सम्पर्कमा भनिन“ हामीले भारतीय छडको गुणस्तरमा कमी आएको भन्ने थाहां पाएपछि नेपालका सबै भन्सारलाई परिपत्र गरेका छौं , कि कुनैपनि छड नेपाल भित्राउदां गुणस्तर विभागको गुणस्तर मापन नहेरी अनुमति नदिनु भनेका छौं । ”

    गुणस्तर विभागको पत्र आएपछि अहिले पनि भैरहवा भन्सारमा सयौं टन छड थन्कीएर बसेको छ । जबकी यस अघि बग्रेल्ती दैनिक हजारौ टन भित्रीने गर्दथ्यो ।

    गुणस्तर विभागले स्वदेशी छडको गुणस्तर कम भएमा विक्री वितरणमा रोक लगाउने र आवश्यक परे एन एस खारेज गर्ने अख्तीयारी प्राप्त गरेको भएता पनि अन्य देशबाट आयतीत समानको सन्दर्भमा जिल्ला अनुगमन कार्यलयले हेर्ने प्रवक्ता मानन्धरले बताईन् ।

    सोमबार बजारमा छडको मूल्य कर सहित ६८ रुपैयां रहेको छ । तर भारतीय छड आयत कर्ताहरुले आफुखुसी छडको मूल्य मापन गर्ने र उपभोक्ता ठग्ने गरेका छन् । नेपालमा सबैभन्दा बढी छड उत्पादन गर्ने जगदम्बा स्टिल सहित पन्चकन्या, एसआर स्टिल, अम्बे स्टिल, गोयन्का स्टिल, लक्ष्मी स्टिल, काठमाण्डौं स्टिल, हामा स्टिल लगायतका छड उत्पादक उद्योगहरु रहेका छन् । पन्चकन्या, एसआर अम्बे, गोयन्का रुपन्देहीमा छन् भने काठमाण्डौं र लक्ष्मी नवलपरासी तथा अन्य पुर्वी सीमावर्ति क्षेत्रमा रहेका छन् ।

    छड उत्पादन गर्ने उद्योगहरु सीमावर्ति क्षेत्रमा रहनु पनि रहस्यमय देखिएको छ । यस्तो रहस्यको पुष्टि लक्ष्मी स्टिलले अनाधिकृत रुपमा आफ्नो उद्योगको ट्याग लगाएर बेचेको छडको सार्वजनिकीकरणले गरिसकेको छ ।

    भैरहवामा एभरेष्ट रोलिंग मिल पडसरीले अनाधिकृत भारतबाट ठूलो संख्यामा छड मगाएर हार्डवयेरहरुलाई विक्री वितरण गर्ने गरेको छ । यसैगरी हार्डवेयरहरुले पनि आफैं भारतबाट मगाउने गरेका छन् । यहांका अष्टकाली हार्डवेयर नयाँ सडक, ओम शिवशक्ति हार्डवेयर लुम्बिनीरोड, महाविर हार्डवेयर लुम्बिनीरोड लगायतले भारतीय छडको बिक्री वितरणमा वर्चस्व जमाउदैं आएका छन् भने जिल्लाका अन्य हार्डवेयरले पनि भारतीय छड बिक्री वितरण गर्ने गरेका छन् ।

    भारतीय छड सस्तो भएता पनि अत्यन्तै गुणस्तर हिन हुने एसआर स्टिलका एमडि ई. सुरज उप्रेती बताउंछन् । उनी भन्छन् “पहिलो कुरा भारतीय छडको ग्रेड नै हुँदैन । कुनैमा ४ सय , कुनैमा साढे ४ सय हुन्छ जबकी नेपालका सबै छडको ग्रेड ५ सय हुन्छ । दोस्रो भारतमा आफुखुसी विना मापदण्ड छड  बनाइएको हुन्छ ।

    तेस्रो भारतमा लागत दर कम पर्ने हुन्छ जसले नेपालका छडलाई मूल्यका दृष्टिले विस्थापित गर्न सक्छ । र , चौथो उपभोक्ताले छडको गुणस्तर भन्दा भाऊ सोधेर किन्ने हुँदा जुन सस्तो छ त्यही छड किन्ने प्रचलनले नेपाली छड महँगो हुन जान्छ जसले भारतीय छड गुणस्तरहीन भएता पनि बिक्री राम्रो छ । ”

    गुणस्तरहिन सामग्री बेच्नु गैर कानुनी भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जनाए । जिल्ला बजार अनुगमन समितीका संयोजक समेत रहेका ढकालले भने “उपभोक्तालाई ठग्नेगरी कुनै पनि सामग्री विक्रि वितरण गर्नु गैर कानुनी हो । त्यस्तालाई कानुन बमोजिम कारबाही हुन्छ । ”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.