logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रुपन्देहीमा घरेलु हिंसाका उजुरी बढ्दो


    ४ साउन २०८३ , सोमबार

    रुपन्देहीमा घरेलु हिंसाका उजुरी बढ्दो

    लुम्बिनीखबर
    भैरहवा, ४ साउन । रुपन्देही प्रहरीमा घरेलु हिंसाका उजुरी अधिक आउने गरेका छन् । यस्ता उजुरीमा घरुले झैझगडाका बढी छन् । आर्थिक वर्ष २०८२–०८३ मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा घरेलु हिंसा सम्बन्धी कुल ८२४ वटा उजुरी दर्ता भएका छन् ।
    प्रहरीको तथ्याङ्क अनुसार रुपन्देहीमा सबैभन्दा बढी घरायसी झै–झगडाका कारण घरेलु हिंसा हुने गरेको छ । दर्ता भएका उजुरीहरूमध्ये घरायसी झै–झगडाका ३४१ वटा छन् भने कुटपिट तथा घाउ जाँच केश फारम भरिएका घटना २४७ वटा रहेका छन् ।
    यसैगरी, मादक पदार्थ सेवन गरी गालीगलौज गरेका १८८ वटा, घरमा खान बस्न नदिएका ३० वटा र विवाह दर्ता तथा नागरिकता नबनाइदिएका १८ वटा उजुरी प्रहरीमा परेका छन् ।
    प्रहरीमा आएका कुल उजुरीमध्ये मिलापत्र गराइएको वा अदालत पठाइएको मुद्दा ८०१ वटा रहेको र बाँकी २३ वटा उजुरी मात्रै प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी कृष्णकुमार चन्दले बताए । प्रहरीका अनुसार आव २०८२÷०८३ को जेठ महिनासम्मका उजुरीहरू फछ्र्यौट भइसकेका छन् ।
    स्थानीय तहगत आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी घरेलु हिंसाका घटना सिद्धार्थनगर नगरपालिकामा देखिएका छन् । सिद्धार्थनगरमा १४६ वटा उजुरी दर्ता भए । यस्तै, बुटवल उप–महानगरपालिकामा १०९, मर्चवारी गाउँपालिकामा ७८ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ७४ वटा उजुरी परेका छन् ।
    अन्य स्थानीय तहहरूमा मायादेवी गाउँपालिकामा ४७, ओमसतिया र तिलोत्तमा नगरपालिकामा ४५–४५, रोहिणी गाउँपालिकामा ४० तथा शुद्धोधन गाउँपालिकामा ३५ वटा उजुरी दर्ता भएका छन् ।
    यसैगरी देवदह नगरपालिकामा ३४, सियारी गाउँपालिकामा ३२, गैडहवा गाउँपालिकामा ३०, सम्मरीमाई र कोटहिमाई गाउँपालिकामा २९–२९, र सैनामैना नगरपालिकामा २७ वटा घटना घटेका छन् । रुपन्देहीमा सबैभन्दा कम घरेलु हिंसाका उजुरी कञ्चन गाउँपालिकामा २४ वटा मात्र दर्ता भएका छन् ।
    यस तथ्याङ्कले रुपन्देहीका सहरी तथा ग्रामीण दुवै क्षेत्रमा घरेलु हिंसाको अवस्था चुनौतीपूर्ण रहेको देखाउँछ । समाधानका लागि सरोकारवाला निकायहरुलेसामाजिक सचेतना र जागरणका कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.