logo
  • १ भाद्र २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन सिद्धार्थनगर


    २४ साउन २०८३ , आइतबार

    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन सिद्धार्थनगर

    लुम्बिनीखबर
    भैरहवा , २४ साउन ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

    नगरपालिकाले गत आर्थिक वर्षमा रु. १७ करोड ९८ लाख ९९ हजार ८ सय १६ राजस्व सङ्कलन गरेको हो। उक्त वर्षका लागि नगरपालिकाले रु. १७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

    नगरपालिकाका सूचना अधिकारी देवप्रसाद ज्ञवालीका अनुसार लक्ष्यभन्दा करिब रु. ९९ लाख बढी राजस्व सङ्कलन भएको हो।

    उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले रु. २४ करोड ९५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि रु. १४ करोड ३६ लाख मात्र राजस्व सङ्कलन भएको थियो। त्यसको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको उहाँले बताउनुभयो।

    नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि रु. २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको जनाएको छ।

    सूचना अधिकारी ज्ञवालीले करको दायरा विस्तार, राजस्व प्रशासनलाई प्रभावकारी बनाउने तथा करदातामैत्री सेवा प्रवाहमार्फत चालु आर्थिक वर्षको लक्ष्य हासिल गर्ने गरी काम अघि बढाइएको बताउनुभयो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.