logo
  • १९ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    नेपाल–चीन सम्बन्ध जनस्तरसम्मै सुदृढ बनाउनुपर्नेमा जोड


    १६ असोज २०८३ , शुक्रबार

    नेपाल–चीन सम्बन्ध जनस्तरसम्मै सुदृढ बनाउनुपर्नेमा जोड

    लुम्बिनीखबर
    भैरहवा, १६ असोज । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । ७७औँ चिनियाँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीन मैत्री समाज, लुम्बिनीले बिहीबार रुपन्देहीको भैरहवास्थित पुगता भूमि जेतवन विहारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताले नेपाल–चीन सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभई जनस्तरमा समेत गहिरो र आत्मीय रहेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पारस्परिक सम्मानमा आधारित रहेको बताउनुभयो । उहाँले चीनको विकास अनुभवबाट नेपालले अनुशासन, सामूहिक भावना र सहकार्यको संस्कृति सिक्न सक्ने उल्लेख गर्नुभयो ।

    नेपाल–चीन मैत्री समाज, लुम्बिनीका अध्यक्ष मनिषकुमार जोशीले नेपाल र चीनबीचको सम्बन्ध समयक्रमसँगै थप सुदृढ हुँदै गएको बताउनुभयो । उहाँले शिक्षा, पूर्वाधार विकास तथा पर्यटनलगायतका क्षेत्रमा चीनले नेपाललाई गर्दै आएको सहयोगले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो । लुम्बिनीको विकासमा चीनले देखाउँदै आएको चासोले पनि दुई देशबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप नजिक बनाएको उहाँको भनाइ थियो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा। सागर न्यौपानेले चीनले हासिल गरेको आर्थिक तथा सामाजिक विकासबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्ने बताउनुभयो । उहाँले प्रभावकारी सहकार्यका लागि एक–अर्काको इतिहास, संस्कृति र विकासका प्राथमिकतालाई गहिरोसँग बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । डा. न्यौपानेले नेपाल–चीन सम्बन्धलाई आर्थिक तथा राजनीतिक सहकार्यसँगै सांस्कृतिक र जनस्तरीय सम्बन्धका आधारमा समेत अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनीलाई दुई देशबीचको सांस्कृतिक सम्बन्धको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सके त्यसबाट पर्यटन, शिक्षा र आर्थिक सहकार्यमा समेत सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, लुम्बिनीको विकास, सांस्कृतिक आदानप्रदान तथा दुई देशका जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.