लुम्बिनीखबर
भैरहवा , १६ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ एक पुरुषले नदीमा हामफालेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुषले साँझको समयमा पुलबाट तिनाउ नदीमा हामफालेका हुन् । नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले नदीमा हामफालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता पुरुषको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
बेपत्ता पुरुषको खोजीका लागि प्रहरी टोलीले तिनाउ नदी तथा आसपासको क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएको छ । ८८घटनाको कारण तथा बेपत्ता पुरुषको पहिचान खुल्न नसकेकाले प्रहरीले खोजी कार्यसँगै घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।