logo
  • २१ असोज २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सुनचाँदी व्यवसायीलाई कानुनी तथा करसम्बन्धी अभिमुखीकरण


    २१ असोज २०८३ , बुधबार

    सुनचाँदी व्यवसायीलाई कानुनी तथा करसम्बन्धी अभिमुखीकरण

    लुम्बिनीखबर
    भैरहवा, २१ असोज । सिद्धार्थनगरका सुनचाँदी व्यवसायीलाई व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने कानुनी प्रावधान, कर व्यवस्था, बिलबिजक तथा वित्तीय कारोबारसम्बन्धी विषयमा अभिमुखीकरण गरिएको छ। सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको आयोजनामा आन्तरिक राजस्व कार्यालय भैरहवामा मंगलबार आयोजित कार्यक्रममा व्यवसायीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था, आर्थिक कारोबारमा पारदर्शिता तथा सरकारी नीति–नियमको पालना गर्नुपर्ने विषयमा जानकारी दिइएको संघका अध्यक्ष राजन विश्वकर्माले बताउनुभयो।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले सुनचाँदी व्यवसाय सञ्चालन गर्दा व्यवसायीले अपनाउनुपर्ने कर तथा प्रशासनसम्बन्धी कानुनी प्रावधानबारे जानकारी गराउनुभएको थियो। उहाँले व्यवसायीलाई इमानदार र पारदर्शी भएर कारोबार गर्न तथा प्रचलित सरकारी नीति, नियम र कानुनको पालना गर्न आग्रह गर्नुभएको थियो।

    अध्यक्ष विश्वकर्माका अनुसार व्यवसायमा पारदर्शिता कायम गर्न, बिलबिजक व्यवस्थित राख्न, शंकास्पद व्यक्तिसँग कारोबार नगर्न तथा आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्न व्यवसायीलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ५० भन्दा बढी सुनचाँदी व्यवसायीको सहभागिता थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.