logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा सतर्कता, राति १० बजेसम्म देउसीभैलौ


    २३ कार्तिक २०८३ , आइतबार

    रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा सतर्कता, राति १० बजेसम्म देउसीभैलौ

    लुम्बिनीखबर

    भैरहवा, २२ कात्तिक । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नजिकिँदै गरेका तिहार, नेपाल संवत् तथा छठ पर्वलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्न तथा सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने गतिविधि नगर्न अनुरोध गरेको हो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले चाडपर्वका समयमा जिल्लाको शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रशासनले आवश्यक सतर्कता अपनाएको बताउनुभयो । उहाँले सबै समुदायका पर्वलाई आपसी सद्भाव र सहिष्णुताका साथ मनाउन आग्रह गर्दै पर्वका नाममा अरूलाई असहज हुने गतिविधि नगर्न अनुरोध गर्नुभयो ।

    प्रशासनले सर्वसाधारणलाई असर पर्ने गरी ध्वनि प्रदूषण हुने साउण्ड सिस्टम (डिजे) नबजाउन तथा भुइँचम्पा, पटका र आतसबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सचेत गराएको छ । त्यस्तै, मेला तथा महोत्सव आयोजना गर्नुपरेमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, जुवातास खेल्ने तथा खेलाउने कार्य नगर्न र मादक पदार्थ सेवन गरी वा नगरी सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न सूचनामा उल्लेख छ ।

    परम्परागत देउसीभैलो कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाउँदै प्रशासनले चाडपर्वका समयमा चोरी तथा लुटपाटबाट जोगिन घर र पसलको सुरक्षा व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा निर्देशनविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.