logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भारतीय दुतले रोपेको रुखको कारण मायादेवी खतरामा


    २६ भाद्र २०७३ , आइतबार

    भारतीय दुतले रोपेको रुखको कारण मायादेवी खतरामा

    नरेश के.सी.
    लुम्बिनी, भदौ २५ । भारतीय राजदुत रन्जित रे ले रोपेको रुखको कारण अहिले लुम्बिनी स्थित मायादेवी मन्दिर खतरामा पर्दै गएको छ ।

    राजदुत रे ले १० डिसेम्बर २०१४ मा सो बिरुवा रोपेका थिए । भारतको बोधगयाबाट ल्याई रोपन गरिएको उक्त बोधीवृक्ष तत्कालिन अवस्थामा लुम्बिनी विकास कोषले अनुमति नदिँदा दिदैं पनि शक्तिको प्रयोग गरी राजदुत रे ले जबरजस्ती रोपेका थिए ।
    lumbini-news
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार स्वरुप पठाएको उक्त बिरुवा जत्ति हुर्किर्दै गएको छ त्यति नै लुम्बिनीसँग सरोकारित चिन्तित हँुदै गएका छन् ।

    तत्कालिन समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने र नेपाल आउँदा लुम्बिनीको भ्रमण गर्ने व्यापक तयारी चलिरहेको बेला मोदीले लुम्बिनीमा वृक्ष रोप्ने कार्यक्रम थियो । सोही कार्यक्रमकोलागी तत्कालिन समयमा परराष्ट्र मन्त्रालयले संस्कृति मन्त्रालयलाई र संस्कृतिले लुम्बिनी विकास कोषलाई सोधनी गर्दा विकास कोषले पुरातत्व विभागसँग सल्लाह गरी मायादेवी मन्दिर कम्पाण्ड बाहिर हाल खानेपानीको धारा रहेको पुर्व तर्फ उक्त वृक्ष रोप्नेगरी ठाऊ समेत विकास कोषले निर्माण गरेको थियो ।

    तर पछि मोदीको लुम्बिनी भ्रमण रद्द भयो । यद्यपि केही समयपछि भारतीय राजदुत मोदीको प्रतिनिधि बनेर बिरुवा रोप्न लुम्बिनी आए । उनले विकास कोषले उपलब्ध गराएको ठाउँमा नभई मायादेवी मन्दिर परिसरमै बिरुवा रोप्ने जनाएपछि विकास कोषले रोक्ने सबै प्रयास ग¥यो तर पूर्व संस्कृति मन्त्री एवं कांग्रेस नेता दिपकुमार उपाध्याय सहित लुम्बिनी आएका रे ले शक्तिको प्रयोग गरि आफैले ठाउँ रोजेर बिरुवा रोपेरै छाडे ।

    यसरी भारतीय राजदुतले रोपको बिरुवा अहिले हुर्किदै गएको छ ।  बिरुवा रोपनमा सँगै लुम्बिनी आएर सघाउने  नेता उपाध्यय अहिले भारतका लागी नेपालका राजदुत छन् । उनले कूटनीतिक तवरले कुरा उठाउलान् भनेर आशा गर्ने ठाउँ नै छैन । किनकी त्यतिबेला लुम्बिनी गुरुयोजना र पुरातत्वको नियम विपरीत भारतीय दुतलाई विरुवा रोप्न अभिप्रेरित गर्नेमा उपाध्यय अग्रभागमा पर्दछन् ।

    रे ले रोपेको रुखले लुम्बिनीको पुरातात्विक सम्पदालाई खतरामा पारेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ बताउँछन् । उनी भन्छन् “हामीले रोक्दा रोक्दै भारतीय दुतले बिरुवा रोपे जसले मायादेवीलाई खतरामा पु¥याएको छ । ”

    सदस्यसचिव तामांगका अनुसार भर्खरै इस्तानबुलमा सम्पन्न युनेस्कोको  वल्र्ड हेरिटेजको ४१ औं सम्मेलनमा पनि मायादेवी परिसरमा भारतीय राजदूतले रोपेको विरुवाको बारेमा व्यापक छलफल भएको थियो । उक्त छलफलले पनि सो क्षेत्रमा बिरुवा रोपिनु गलत भएको जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.