logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    हवाई उड्डयन प्रस्तावमा भारतले सहमति नगर्दा गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल समस्यामा


    ४ असोज २०७३ , मंगलबार

    हवाई उड्डयन प्रस्तावमा भारतले सहमति नगर्दा गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल समस्यामा

    काठमाडौं , असोज । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एक एजेण्डा बनाइएको हवाई उड्डयन क्षेत्रका मुख्य दुई मुद्दामा सम्झौता हुन सकेन ।

    नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको नेपाल र भारतबीच खुल्ला आकाश सम्झौता अर्थात एयर स्पेस एग्रिमेन्ट र नेपाल आउने एयरलाइन्सलाई तीन नाकाबाट प्रवेशको अनुमति सम्बन्धी प्रस्तावमा यसपटक पनि सम्झौता भएन ।

    पछिल्ला प्रत्येक प्रधानमन्त्री भारत भ्रमणमा एजेन्डामा यी मुद्दा राखिदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले पनि उक्त प्रस्ताव गरेका थिए । तर दिल्लीमा भएको दुईपक्षीय वार्तामा दुवै विषयमा सम्झौता नभएपछि अन्याता पुन बढेको  छ ।

    भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माणले गति लिँदै जाँदा नेपाल र भारतीच हुनुपर्ने अत्यावश्यक सम्झौता गर्न भारतले आलटाल गर्दै आएको छ ।

    उक्त सम्झौता नभए सन् २०१८ को जनवरीभित्र सञ्चालनमा ल्यउने गरी निर्माण कार्य जारी राखिएको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको उडान अवतरणमा समस्या पर्ने देखिन्छ ।  कारोबार

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.