logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    दसैँमा शाकाहारीका लागि डा. रंगीनाको टिप्स


    २२ असोज २०७३ , शनिबार

    दसैँमा शाकाहारीका लागि डा. रंगीनाको टिप्स

    दसैँलाई हर्ष, उमंग र उल्लासको पर्वका रुपमा हेरिन्छ । धार्मिक आस्था र उपभोगको पर्वका रुपमा पनि लिइन्छ । टाढिएका आफन्तजन, नातागोता, इष्टमित्र दसैँमा एकठाउँमा भेला भएर मान्यजनको हातबाट टीका र जमरा लगाउने तथा आशिर्वाद लिने गरिन्छ । मासु र मदिरा प्रयोग पनि दसैँमा सामान्य बन्दै गएको छ । यस्तो समयमा मासु नखाने व्यक्तिले कसरी चाडमा रमाइलो गर्ने, कस्ता खानेकुरा खाने भनेर अलका अस्पतालकी डाक्टर रंगीना लाइकाङवाङसँग कुराकानी । प्रस्तुत छ– भेजेटेरियनका लागि डाक्टर रंगीनाका १२ टिप्स
    – हामीकहाँ ताजा–ताजा फलफूल उपलब्ध छन् । त्यसमा हाम्रो ध्यान गएको छैन । फलफूल खाने हो भने स्वास्थ्यका लागि धेरै फाइदा गर्छ । कसैकसैको मदिरा पिउने बानी हुन्छ । त्यो मदिरासँग मासु नै खानुपर्छ भन्ने होइन । अनार, स्याउजस्ता फलफूल खान सकिन्छ । काँक्रोले पनि धेरै राम्रो गर्छ ।

    – भेजेटेरियनले पनिरका विभिन्न परिकार बनाएर खान सक्छन् ।

    – सलाद प्रयोग गर्नु पनि राम्रो हुन्छ । बन्दागोपी राम्रो विकल्प हुन सक्छ ।

    – चिल्लो, पिरो कम गर्नका लागि हरियो सागपात उसिनेर पनि खान सकिन्छ ।

    – डायबिटिजका बिरामीले फलफूल प्रयोग गर्दा ध्यान दिनुपर्छ ।

    – आफूलाई चाहिनेभन्दा बढी खाना खानुहुँदैन । ओभर इटिङ नेपाली सबैको समस्या हो ।
    – फलफूल खाँदा एकपटकमा एउटामात्र खाँदा राम्रो हुन्छ । केरा, स्याउ, अनार, काँक्रो आदि खान पाइयो भनेर धेरै खानु स्वास्थ्यका लागि राम्रो हुँदैन ।

    – थुकले हामीलाई धेरै फाइदा गर्छ । त्यस्तै खाने बेलामा थोरै खाने धेरै पटक चपाएर खाने गर्नुपर्छ ।

    – ब्रेकफास्ट किङजस्तै खानुपर्छ । कार्बोहाइड्रेट, प्रोटिन, थोरै फ्याट भएको खानेकुरा खानुपर्छ । त्यसबीचमा केही न केही खानेकुरा खाइरहनुपर्छ । धेरै समय खाली पेट बस्नुहुँदैन ।

    – लन्च क्वीन जस्तै खानुपर्छ । हलुका खानेकुरा लिनुपर्छ । भातभन्दा रोटी तरकारी खानु राम्रो हुन्छ । रोटी पनि धेरै दसवटा होइन । दुइटा जति खाँदा राम्रो हुन्छ । सुत्नुभन्दा केही घन्टा अघि खाना खाइसक्नुपर्छ ।

    – अप्रेसन गरेका बिरामीको लागि हाई प्रोटिन डाइट चाहिन्छ । त्यसैले उनीहरुलाई मात्र हामी मासु खाने सल्लाह दिन सक्छौँ । अरु सबैका लागि मासुबाट भन्दा हरियो तरकारी र फलफूलबाट पनि शरीरका लागि आवश्यक क्यालोरी पाउन सकिन्छ ।

    – दसैँ रमाइलो पर्व हो । रमाइलो गर्नुपर्छ । सरसफाइमा ध्यान दिने, धेरै चिल्लो, पिरो नखाने, एकैपटक टन्न अघाउनेगरी नखाने, थोरै–थोरै केही घन्टाको अन्तरमा केही खाइरहने, धेरै समय पेट खाली नराख्ने, एकपटक पकाएको खाना र एकपटक काटेको फलफूल अथवा तरकारी धेरै बेरसम्म नराख्ने गरेमा ग्यास्ट्रिक, कब्जियत, डाइरियाजस्ता धेरै रोगबाट बच्न सकिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.