logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सुनकुमारीको उपचारमा सभामुख घर्तीको सहयोग


    २२ कार्तिक २०७३ , सोमबार

    सुनकुमारीको उपचारमा सभामुख घर्तीको सहयोग

    उपराष्ट्रपति पुनको छोराले विरामीप्रति चासो राख्दै 20 हजार दिने घोषणा
    भैरहवा,कार्तिक २२ । आर्थिक अभावका कारण मृत्यु कुरिरहेकी रोल्पा थबाङ्ग ८ की सुनकुमारी नेपालीको उपचारको लागि सभामुख ओनसरी घर्तीले समेत आर्थिक सहयोग उपलब्ध गराएकी छिन् ।
    घर्ती गृहजिल्ला रोल्पाको एक कार्यक्रममा सहभागी भएर रुपन्देही हुदै काठमाण्डौँ फर्किने क्रममा विभिन्न संचारमाध्याम वाट सुनकुमारीको विषयमा प्रकाशित समाचारबारे जानकारी पाएपछि उनले सुनकुमारीको उपचारमा आर्थिक सहयोग गरेकी हुन् ।
    उनले एमाओवादीका रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खाँ मार्फत दश हजार रुपैयाँ अस्पतालमा कुरुवा बसेकी १३ बर्षीया नाबालिक छोरी विनिता नेपालीलाई दिएको एमाओवादीका पोलिटब्युरो सदस्य माधव शर्माले बताए ।
    साथै सभामुख घर्तीले कुनै समस्या परेमा आफुलाई तत्काल सम्पर्क गर्न भनी आफ्नो मोबाइल नम्बर समेत कुरुवा बसेकी छोरी विनितालाई चिटमा लेखेर पठाएकी छिन् ।
    उपराष्ट्रपतिका छोराद्धारा चासो राख्दै 20 हजार सहयोगको घोषणा
    सुनकुमारी उपचारको विषयमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले पनि चासो राख्दै विरामी उपचारका लागि सहयोगमा खटिएको लुम्बिनी प्रेस कल्बका कार्य समिती सदस्य तथा अनलाइनखबरकर्मी सलमान खानसगँ टेलिफोन संवाद गरेका थिए ।
    उनले सुनकुमारीको उपचारमा लाग्ने खर्च, स्वास्थ्य अवस्था लगायत विषयमा बुझेका थिए ।
    साथै उनले सुनकुमारीको उपचारमा कुनै कमि हुन नदिन र उपचारका लागि आफुहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पुनले आफ्नो सामाजिक संञ्चाल मार्फत रु १५ हजार सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
    सुनकुमारीको विषयमा समाचार प्रकाशित भएपछि उनको उपचारको लागि मानविय सम्वेदना देखाउँदै विभिन्न संघसंस्था, सर्वसाधरणहरुले पनि सहयोगी हात अगाडी बढाएका छन् ।
    सुनकुमारीको उपचारको लागि लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेश पछाईले दश हजार, सिद्धार्थ यातायात बस व्यवसायी समितीका अध्यक्ष सुर्यकुमार सारु मागरले १५ हजार, ब्रम्हमार्ग, टेकु काठमण्डौँका राम गोविन्द रञ्जितकारले ५ हजार, सिद्धार्थ यातायात बस व्यवसायी समितीका पुर्व अध्यक्ष सञ्जिव रोक्काले ५ हजार रुपैयाँ, लायन्स क्लब आफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेलले ५ हजार, सिद्धार्थ उद्योग वाणिज्य संघ सचिव नेत्र आचार्यले ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
    युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा आर्थिक अभाव झेलिरहेकी अवस्थामा उपचार भइरहेको सुनकुमारी नेपालीको सम्पुर्ण उपचारको जिम्मा भैरहवामा क्रियासिल पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबले लिएपछि उनको उपचार तिव्र रुपमा भइरहेको छ ।
    अस्पतालका प्रमुख प्रशासकिय अधिकृत अजय कुमारले न्युरो विशेषज्ञ डा. डम्बर शाहको नेतृत्वमा विशेषज्ञ टोली खटाएका छन् । हिजो सम्म न्युरोको जनरल वार्डमा आर्थिक अभावका कारण सुस्त गतिमा उपचार भइरहेको सुनकुमारी अहिले आइसियुमा उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.