logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सिनपाको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक


    ३० कार्तिक २०७३ , मंगलबार

    सिनपाको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

    napa-1

    लुम्बिनीखबर
    भैरहवा, कार्तिक ३० ।  सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्रको सडक नाली एवं ढलमा घरको चर्पीको दिशा मिसाउने घरमुलीलाई एकलाखसम्म कार्वाही गरिने भएको छ ।

    सिद्धार्थनगर नगरपालिको आयोजना र लुम्विनी प्रेस क्लबको सहजीकरणमा  आयोजित सार्वजनिक सुनुवाई एवं सामाजिक परिक्षणको प्रारम्भीक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले नगरवासीलाई उक्त दण्ड जरिवानाको चेतावनी सुनाएका हुन । अब कसैले आफनो टुवाईलेट ढलमा मिसाउछ भने त्यसलाई १५ हजारदेखि एकलाखसम्म जरिवाना गरिने छ । यो मेरो अधिकार हो ।

    नगरवासीको सकरात्मक सहयोग पाए अबको दुईवर्षमा सिद्धार्थनगर नगरपालिकाको विकासमा काचुली फेरीनेका साथै पनि कामको गुणस्तरमा कमी आउन नदिने उनले प्रतिवद्धता व्यक्त गरे ।

    जवसम्म नगरपालिका आर्थिक रुपमा सम्पन्न हुनसक्दैन तवसम्म नगरवासीको अपेक्षाका साथै विकास योजनाहरु सम्पन्नमा डिलाई हुने उनले वताए । यसपूर्व सिद्धार्थनगर नगरपालिका र नगरवासीविच विस्वास एवं सम्वन्धमा देखिएको संकट निवारण गर्न आफूले सक्दो प्रयास थाल्ने उनले वताए ।

    नगरपालिकाको गतवर्षसम्मको प्रगती समिक्षा र चालु वर्षको प्रथम चौमासिक सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन कल्वका महासचिव नरेश केसी र सार्वजनिक सुनुवाई प्रतिवेदन सचिव संझना शर्माले प्रस्तुत गर्नुभएको थियो ।

    उक्त सार्वजनिक प्रतिवेदनप्रति राजनैतिक दलका साथै युवा, महिला, गृहणी २२ जनाले नगरपालिकाले गरेको काम व्यवहार एवं योजनाबारे जिज्ञासा राखेका थिए ।

    सरसफाई, घरनक्सा फाट, बाटो नाली नवनेको, वनेका पनि धेरै गुणस्तरहिन काम भएको, बुद्धचौक, मेडिकल जाने रोड, जनक पथ, विपि पथ सडक खनेर खाल्टो पारेको र धुलो उडेर विजोग भएको महिनौदिन वित्दा पनि काममा प्राथमीकता नदिएको, पार्किगंको समस्या, नालाको सरसफाई नभएको, नारायणपथदेखि मैत्रीपथको सडकपेटी खनेर महिनौदिनदेखि लथालिंग पारेको, सडकवती लगायतका समस्याहरुमा नगरबासीले राखेका थिए । सहभागीहरुले सवैभन्दा वढी गुनासा एवं समस्याहरु प्राविधिक फाट र समाजिक ईकाईबाट हुने काममा भएका समस्याहरु वताएका थिए ।

    नागरिक समाजको तर्फबाट आनन्द प्रसाद गुप्ता, कल्वका अध्यक्ष माधव ढुंगाना, सदभावना पार्टीका नेता राजेन्द्र गुप्ता, उद्योग व्यापार संगठनका प्रतिनिधी दर्पण श्रेष्ठ, संचारकर्मी राधेश्याम विश्वकर्मा, राम बहादुर बस्नेत, उमा अधिकारी, हरिराज विष्ट, प्रदुन्न लाल श्रेष्ठ, प्रभात गुरुगं, रोशन गुरुंग, शान्ति अधिकारी, चन्द्रवति चाई, आषिष श्रेष्ठ, शंकर खत्री, प्रख्यात बन्जाडे, सरिना हरिजन, जनमती चाई, पुनम जयसवाल, सुनिल कुमार तिवारी, आशीष कुमार कर्णलगायतले गुनासा तथा सुझाव राखेका थिए ।

    उक्त कार्यक्रmमा नगरपालिकासंग प्रत्क्षय रुपमा मिलेर काम गर्ने सेवा प्रदायक कार्यालयहरु विद्युत, खानेपानी, स्वास्थ्य शिक्षा, जिविस, नेपाल टेलिकम, प्रहरी कार्यालयका प्रतिनिधीहरु सहभागी देखिएन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.