logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनी र सेजमा चिनीयाहरु लगानी गर्न आतुर (फोटो फिचर)


    २ मंसिर २०७३ , बिहिबार

    लुम्बिनी र सेजमा चिनीयाहरु लगानी गर्न आतुर (फोटो फिचर)

    20161116_173633
    नरेश के.सी.
    भैरहवा, मंसिर २ । लुम्बिनीको धार्मिक पर्यटन प्रर्बद्धन र भैरहवाको विशेष आर्थिक क्षेत्रमा लगानी गर्न चिनियाँहरु उत्सुक देखिएका छन् ।

    चिनीयाँ लगानीकर्ताहरुको सबैभन्दा ठूलो संस्था ओबिओआर (वन बेल्ट वन रोड) का अध्यक्ष सुयाले विश्व समुदायको आस्थाको केन्द्र लुम्बिनीको धार्मिक पर्यटनमा आफुहरु लगानी गर्न आतुर भएको बताईन् । उनले भनिन “हामी लुम्बिनीप्रति रुची राखिरहेका छौँ ।
    20161116_173915
    लुम्बिनीको धार्मिक पर्यटनकोलागी हामी लगानी गर्न तयार छौँ । किनभने धर्म सबैभन्दा शक्तिशाली हुन्छ । धार्मिक पर्यटन मार्फत लुम्बिनीको समग्र विकास गर्न सकिन्छ । ”
    सुयाले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) मा पनि चिनीयाहरुले उत्पानमूलक उद्योग लगाउन इच्छूक भएको समेत बताईन ।

    उनले भनिन “बजारको अन्तर्राष्ट्रियकरणको लागी भैरहवाको विशेष आर्थिक क्षेत्र चिनियाँ लगानीको लागी अवसर हुने हामीले बुझेका छौँ । ” सुयाले सार्क मुलुकहरु मध्ये नेपाल अत्यन्तै महत्वपुर्ण देश भएको जनाउँदै सेजमा लगाइने उत्पादनमूलक उद्योग सार्क मुलुकको निर्यात सेन्टरको हब हुन सक्ने पनि बताइन् ।
    20161116_173653
    चिनीयाँ राष्ट्रपति सी जिन पींगको अवधारणामा विश्वका अधिकाश देशलाई चिनीयाँ विकासमा जोड्ने योजना सहित वन बेल्ट वन रोड मार्फत अहिले विश्वभर काम चिनीयाँ लगानी भइरहेको छ । वन बेल्ट वन रोड सिल्क रोड इकोनोमिक बेल्ट र मेरिटाइम सिल्क रोड संग सम्बन्धित छ ।

    चिनीया लगानीकर्ताको टोली बुधबार पोखराबाट प्लेन चार्टर गरेर भैरहवा आएको थियो । भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघले उनीहरुको स्वागत गरेको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले टोलीलाई स्वागत गर्दै भैरहवा क्षेत्रमा लगानीको सम्भावना र चूनौतिको बारेमा प्रस्ट पारेका थिए ।

    ओविओआरका अध्यक्ष सुयाको टोलीमा चिनीयाँ सफल उद्यमीहरु र हाइड्रो, कृषि, अटोमोबाइल क्षेत्रका विज्ञहरुको सहभागी रहेका छन् ।

    टोलीलाई नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुस कुमार जोसी, केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, पन्चकन्या ग्रुपका धुब्र कुमार श्रेष्ठ, सिद्धार्थ ग्रुपका राजेश अग्रवाल, एनपी ग्रुपका हेमन्त अग्रवाल, एसआर ग्रुपका सुरज उप्रेती, संघका सल्लाहकार निधान चन्द्र श्रेष्ठ लगायतले नेपालमा उत्पादनमूलक उद्योगको बारेमा प्रकाश पारेका थिए ।

    20161116_180316

    20161116_173644

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.