
समान अवसर दिने हो भने महिलाले पनि हरेक क्षेत्रमा राम्रो काम गर्न सक्छन् । तर नेपाल जस्तो विकासशील देश जहाँ महिला र पुरुषबीचको विभेद अझै कायमै छ, त्यहाँ महिलाले कुनै पनि क्षेत्रमा सफलता हात पार्न निकै संघर्ष गर्नुपर्ने अवस्था छ ।
यी संघर्षका बीच पनि धेरै नेपाली महिलाले उदाहरणीय काम गरिरहेका छन् जसले विश्वलाई नै प्रभाव पारेको छ । यस्तै, प्रभावशाली र प्रेरणादायी दुई नेपाली चेली बिबिसीले सार्वजनिक गरेको यसवर्षको एकसय प्रभावशाली तथा प्रेरणादायी महिलाको सुचीमा परेका छन् ।
बिबिसीले पूर्व कुमारी चनिरा बज्राचार्य र आरोही लाक्पा शेर्पालाई प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा राखेको हो । पूर्व कुमारी २१ वर्षकी चिनारी अहिले व्यवस्थापन विषय पढिरहेकी छिन् । उनले भनेकी छिन् ‘एक महिलालाई देवी बन्न उसमा धेरै निपूर्णता हुनुका साथै शुद्ध मुटु र आत्मा हुनु जरुरी छ, किनकी त्यो त्यही स्थान हो जहाँ भगवान्ले बास गर्छन् ।’
यस्तै, सर्वोच्च शिखर सगरमाथा आरोहण गरी सकुशल फर्कने पहिलो नेपाली महिला लाक्पा शेर्पालाई पनि सूचीमा प्रेरणादायी महिलाको सूचीमा राखिएको छ । ४४ वर्षकी शेर्पाले अहिलेसम्म ७ पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् । उनले भनेकी छिन्, ‘हिमालले शेर्पाहरुलाई जहिले पनि चुनौती दिइरहेको हुन्छ । कहिले हिमालले शेर्पालाई जित्छन् त कहिले शेर्पाले हिमाललाई ।’