
लुम्बिनीखबर
भैरहवा, मंसिर १६ । बिहीबार उज्यालो हुन नपाउदैं भैरहवाको सडकमा आगोको मुश्लो देखिएको छ ।
सरकारले मंगलबार सांझ संसदमा दर्ता गराएको संविधान संशोधनको विरोधमा अनेरास्ववियुले भैरहवाको मुख्य चौंक बुद्धचौंकमा आगो बालेको हो ।

एमाले निकटको विद्यार्थि संगठनले बुद्धचौंकमा आगोको मुश्लो उठाउदा भैरहवा क्षेत्रमा कहां के भएछ भनेर हल्ला खल्ला मच्चिएको थियो ।
विद्यार्थिहरुले नेपालको झन्डा र आफ्नो संगठनको झन्डा सहित बुद्धचौंकको चारै तर्फ टायर बालेर आगोको मुश्लो उठाउँदैं सरकार विरुद्ध चर्का नाराबाजी गरिरहेका थिए ।

बिहान बिहानै उनीहरुले “प्रचण्ड सरकार राजीनामा दे, ५ नम्बर प्रदेश टुक्राउन पाइदैन” भन्दै चर्का नाराबाजी समेत गरेका थिए । बिहानै देखी शुरु भएको विद्यार्थीको आन्दोलनलाई विद्यार्थी नेताहरु चक्र बहादुर थापा, लक्ष्मी के.सी., शशी पन्थि, झक बहादुर आले, भीम भण्डारीले कमाण्डींग गरिरहेका छन् ।

यसैबीच ५ नम्बर प्रदेश टुक्राएको विरोधमा अनेरास्वियु रुपन्देहीले आज रुपन्देही बन्दको आह्वान गरेको छ । संगठनका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले एक विज्ञप्ती जारी गर्दै सरकारले संशोधन प्रस्ताव फिर्ता नगरेसम्म अनिश्चितकालीन बन्द गर्ने जनाएका छन् ।
