नरेश के.सी.
भैरहवा, पौष ५ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार दिउँसो आफ्नै घर नजिकैको बजार खैरनी बजारमा अज्ञात समुहले गोली हानी हत्या गरेपछि हिजो साँझदेखी रुपन्देहीमा तनाब सृजना भएको छ ।

दुर्गा तिवारी
सोही घटनालाई लिएर युवा संघ नेपालले आज लुम्बिनी अन्चल बन्दको आह्वान गरेको छ । बन्दको कारण अन्चलका रुपन्देही, पाल्पा,गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु जिल्ला बिहानै देखी ठप्प छन् । यी जिल्लामा कुनै पनि उद्योग धन्दा, कलकारखाना तथा सवारी साधन एवं शैक्षिक संस्थान सन्चालनमा छैनन् ।
अध्यक्ष तिवारीको हत्या राजनीतिक कारणले भएको भन्दै युवा संघ रुपन्देहीले प्रहरी प्रशानप्रति आक्रोस व्यक्त गरेको छ । कमरेड दुर्गा तिवारी अमर रहुन्, हत्यारालाई कारबाही गर ।। प्रहरी प्रशान हाई हाई, सिडिओ एसपी बाइ बाई । प्रचण्ड सरकार मुर्दाबाद ।। जनताको सुरक्षा गर्न नसक्ने गृहमन्त्री राजीनाम दे । भन्दै प्रदर्शनकारीले घटनास्थल खैरेनी, देवदह, बुटवल, भैरहवा, मणिग्राममा हजारौं ंसंख्यामा जम्मा भई चर्कानाराबाजी गरिरहेका छन् ।

युवा संघले अध्यक्ष तिवारीको हत्याको मुख्य जड ५ नम्बर प्रदेश आन्दोलन भएको जिकीर गरेको छ । रुपन्देहीमा तिवारी हत्याको विरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका युवा संघ केन्द्रिय उपाध्यक्ष राजु गुरुंगले भनेका छन् ‘हाम्रो रुपन्देही अध्यक्ष तिवारीको हत्याको मुख्य कारण राजनीति नै हो । उहां रुपन्देहीका युवाबीच प्रीय पात्र हुनुहुन्थ्यो ।

उहाँको राजनीतिक उचाई र इमान्दारीताबाट डराएर आततायी समुहले जुन हत्या गरयो त्यसको मूल्य अत्यन्तै महंगो हुनेछ ।‘ तिवारीको हत्याको जिम्मा लिदैं केही व्यक्तिले फोन मार्फत जिम्मा लिएको प्रति पनि युवा संघले आपत्ती जनाएको छ । उपाध्यक्ष गुरुंगले सो सम्बन्धमा प्रतिक्रिया दिदै भने ‘दुर्गा जी कहिल्यै ठेक्का पट्टा गरको थाहां पाइएन । अहिले केही व्यक्तिले हत्याको जिम्मा लिएको रे भन्ने सुनेको छु । यो हत्यालाई मथ्थर पार्नकोलागी सुनियोजित ढंगले गरिएको भ्रमको पोका मात्रै हो । यो हत्या पुरापुर राजनीतिक हो । ‘
हत्यारालाई पक्राउ गरेर सार्वजनिक नगरेसम्म आन्दोलनलाई चर्काउने युवा संघ सचिवालय सदस्य देवराज पोखरेलले जानकारी दिए । जिल्ला अध्यक्ष तिवारीको हत्यारालाई कडा कारबाहि नभएसम्म आन्दोलनलाई शसक्त पार्ने गरी तयारी थालिएको युवा संघ लुम्बिनी अन्चल उपाध्यक्ष कुलेन्द्र पुनले बताए । पुनले गृह प्रशासनको नालायकी पनको कारण यस्तो घटना घटेको जनाए । उनले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा भई नयाँ आएसंगै जिल्लामा सुरक्षामा चुनौति थपिएको पनि जिकीर गरे ।

युवा संघका नेता कार्यकर्ताले चौक चौकमा सुरक्षाको प्रत्याभुति गर्न नसक्ने सिडीओ र एसपीको तत्काल सरुवा गर्न सरकारसंग माग पनि गरेका छन् । युवा संघ जिल्ला सदस्य चक्र बहादुर थापाले भने ‘जिल्लाका सिडिओ र एसपीले जब जनताको सुरक्षाको प्रत्याभुत गर्न सक्दैनन भने यीनिहरुको यहां के काम भन्दै सरकारसंग प्रश्न समेत गरेका छन् । ‘
तिवारी ५ नम्बर प्रदेश टुक्राउन पाइदैन भन्दै भएको आन्दोलनको अग्रहणी मोर्चामा रहेर अगाडी बढेका व्यक्ति थिए । तिवारीको शब अहिले लुम्बिनी अन्चल अस्पताल बुटवलमा राखिएको छ ।

रुपन्देहीमा करिब एक महिना अघि प्रमुख जिल्ला अधिकारीको रुपमा विनोद प्रकाश सिंह र प्रहरी प्रमुखको रुपमा रविन्द्र धानुक सरुवा भई आएका छन् । उनीहरुको आगमन संगै संयोग भनौं वा सुरक्षा कमजोरी भैरहवामा उद्योगी कुलप्रसाद न्यौपानेमाथी गोली प्रहार भयो ।
सो गोली प्रहार गर्ने व्यक्ति अझै सम्म पत्ता लाग्न सकेको छैन भने सोमबार युवा संघ अध्यक्षमाथी गोली हानी हत्या गरियो । यी घटनाले रुपन्देहीमा जनताहरु असुरक्षीत भएको महसुस गर्न थालेका छन् ।