एजेन्सी– महिला चिकित्सकले उपचार गरेमा बिरामीको मृत्युको सम्भावना न्यून हुने वा उनीहरु पुनः अस्पताल पुग्नुपर्ने संभावना कम हुने एउटा नयाँ अध्ययनले देखाएको छ । महिलामा घरेलु बोझका कारण गुणस्तरीय उपचार दिन सक्दैनन् भन्ने विद्यमान मान्यतालाई गलत साबित गर्दै एक पछिल्लो अध्ययनले सो जानाकारी दिएको हो ।

हावार्ड युनिर्भ्सिटीका सार्बजनिक स्वास्थ्य अनुसन्धानकर्ताहरुले ६५ वर्षमाथि बिरामीहरुको तीन वर्षसम्म उपचारको रेकर्ड अध्ययन गरेर यो निस्कर्ष निकालेका हुन् । अनुसन्धानकर्ताहरुले जनवरी २०११ देखि डिसेम्बर २०१४ मा अस्पतालमा भर्ना भई उपचार प्राप्त गरेका २० प्रतिशत बिरामीको रेकर्ड अध्ययन गरेका थिए ।
जेएएमए इन्टरनेसनल मेडिसियनमा सोमबार प्रकाशित अध्ययन अनुसार जस्तोसुकै मेडिकल अवस्था भए पनि पुरुष चिकित्सकले उपचार गरेका बिरामीको ३० दिनपछि मृत्यु वा पुन भर्ना भएको थियो । घाउ, निमोनिया, किड्नी फेल, अनियमित ह्दयको चाल जस्ता उपचारमा महिला चिकित्सकको सहभागीता हुँदा बिरामीको मृत्युदरमा उल्लेख्य कमि आएको थियो ।
महिला चिकित्सकले उपचारपछि मुटु फेल, पिसाब संक्रमण र ग्यास्ट्रोइन्टेस्टेनियल ब्लिडिङका बिरामीमा मृत्यु दरमा गिरावट एउटा ट्रेन्ड जस्तै थियो । प्राय सबै अवस्थामा महिला चिकित्सकले उपचार गरेका विरामीहरु पुरुष चिकित्सकले उपचार गरेका बिरामीको तुलनामा पुनः अस्पतालमा भर्ना दरमा ह्वात्तै गिरावट आएको थियो ।
महिला चिकित्सकले उपचार गरेका बिरामीलाई किन निको भयो वा किन पुनः अस्पतालमा भर्ना हुनु परेन भन्ने विषयमा यो अध्ययनले केही नखुलाए पनि लेखकहरुले पूर्व अध्ययनलाई पनि प्रसंगमा जोडेका थिए । उपचारमा संलग्न महिला चिकित्सकले सामान्यतया मेडिकल स्ट्यान्डर्ड परीक्षमा धेरै अंक प्राप्त गरेका, उपचार गर्दा उपयुक्त बिधि लागू गरेका र बिरामीसँग राम्रो बोली व्याबहार देखाउने गरेको अध्ययनमा उल्लेख छ ।
एउटै अस्पतालभित्र पनि पुरुष चिकित्सकको तुलनामा महिला चिकित्सको उपचार प्रणाली निकै प्रभावकारी र पूर्ण भएको वैज्ञानिकहरुले पाएका थिए ।
‘यदि पुरुष चिकित्सकले पनि महिला चिकित्सकले जस्तै उपचार विधि अपनाएमा हरेक वर्ष ३२ हजार बिरामीको मृत्यु घटाउन सकिन्छ,’ अनुसन्धानकर्ताहरुले भनेका छन् ।