logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    २० वर्ष सानो उमेरमा बिहे गरे प्रहरी खोरमा


    १० पौस २०७३ , आइतबार

    २० वर्ष सानो उमेरमा बिहे गरे प्रहरी खोरमा

    लुम्बिनीखबर
    भैरहवा, पौष १०।  होशियार र कतै तपाई पनि आफ्ना छोराछोरीको विवाह सानै उमेरमा गर्ने सोंचमा त हुनुहुन्न । यदि त्यसो हो भने त्यो सोंच तत्काल छाडिदिनुस् ।

    तपाईहरुका छोराछोरी २० वर्ष उमेर भन्दा सानो छ भने छोरा छोरीको बिहे गर्ने भनेर योजना बनाउने त के सोच्ने पनि नगर्नुस् । किनकी यदि तपाइले त्यसो गर्नुभयो भने तपाई प्रहरी फन्दामा पर्नुहुनेछ ।

    jail
    हो, किनकी प्रहरीले अहिले तराइ मधेसमा बालविवाह रोक्न कानुलाई कडाईका साथ लागू गर्नेगरी अभियान नै चलाएको छ । रुपन्देही प्रहरीका अनुसार बालविवाहलाई गर्नेलाई कारबाही नै थालिएको छ । यसैबीच प्रहरीले तिलोत्तमा नगरपालिका वडा नम्बर २२ वस्ने १८ वर्षिय अर्जुन थारु विरुद्ध जबरजस्ती करणी मुद्दा चलाएको छ ।

    थारुले सोही नगरपालिका वडा नम्बर १० मंगलापुरमा डेरा गरी बस्ने १४ वर्षिय बालिकालाई भगाएका थिए । थारुले ती बालिकासँग मसिर १९ गते भागी विवाह गरेका थिए । उनीहरुको विवाहमा आफुहरुको मन्जुरी नभएको भन्दै बालिकाका अविभावकले पौष ५ गते उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

    थारुलाई जबरजस्ती करणी शिर्षकमा प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिएको र बालिकालाइ उनका बाबुको जिम्मा लगाइएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

    रुपन्देही प्रहरीले २० वर्ष उमेर पुरा नभई विवाह गरेमा बालविवाह र १६ वर्ष मुनिको उमेरमा विवाह गरी शारिरीक सम्बन्ध राखेमा जबरजस्ती करणीमा मुद्दा चलाउने गरी जिल्लामा अभियान नै थालेको छ । रुपन्देहीमा सानै उमेरमा बालिकाहरुको विवाह गरिदिने प्रचलन व्यापक छ । बालबिबाहलाई रोक्न जिल्लामा सरकारी तथा गैर सरकारी निकायले वार्षिक करौडौं रुपैँया खर्चेता पनि त्यो फलदायी हुन नसकेको अवस्थामा प्रहरी अभियान सकारात्मक देखिएको छ ।

    जिल्लाको मर्चवार, लुम्बिनी, धकधई, विष्णुपुरा क्षेत्रमा अहिले पनि व्यापक रुपमा बालविवाह र दाइजो प्रथा व्यापक रहेको छ । त्यस क्षेत्रमा अहिले पनि बालिकाप्रति गरिने असमान व्यवहार र उनीहरुको शिक्षामा पुराइरहेको व्यवधानले बालिकाहरुको मौलिक अधिकार हनन भएको देखिएको छ । प्रहरीले समुदायसंग हातेमाले गरेर अगाडी बढेमा बालविबाह विरुद्ध उसले चालेको अभियान सार्थक हुनेमा दुई मत छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.