logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अर्बपति गाउँको धुलाम्मे सडक


    १८ पौस २०७३ , सोमबार

    अर्बपति गाउँको धुलाम्मे सडक

    लुम्बिनीखबर
    भैरहवा, पुस १६ । रुपन्देही जिल्लाको अर्बपति गाउँको बाटो धुलाम्मे भए पछि मानिसहरुलाई आवत जावतमा समस्या पर्ने गरेको छ ।

    cement-industry-lumbini
    धुलोका कारण मानिसहरु मोटरसाईकल, साईकलमा जादा खेरी दुर्घटना सम्म हुने गरेको गुनासाहरु आउने गरेका छन् । “पैदल यो वाटोमा मानिसहरु मुस्किलले हिँड्ने गरेको देखिन्छ । घुँडा सम्म धुलो आउँछ । धुलोको कारण खाल्टाखुल्टी सम्म देखिँदैन । ”स्थानिय रामचन्द्र मौर्यले भने ।

    नेपालकै आर्थिक उर्पाजनको मुख्य क्षेत्रको रुपमा परिचित रहेको यो गाउँमा सबै अर्बपति छन् । राज्यलाई सम्म यहाँ मानिसहरु वार्षिक रुप करोडौँ राजस्व बुझाउँछन् । तर यस गाउँमा जाने बाटो न त राज्यले बनाईदिएको छ नत यहाका अर्बपतिहरुले नै बनाउने आँट गरेका छन् ।

    स्थानिय गाविसको कार्यालयले समेत वार्षिक रुपमा लाखौँ राजस्व उठाउने गरेको यो बाटोमा ओभरलोड भएका ट्रकहरु दैनिक सयाँैको सख्यामा हिँड्ने गरेका छन् । हिउँदमा धुलाम्मे र खाल्टा खुल्टी बाटो बर्षायाममा हिलाम्मे हुने कारण यहाँ आवत जावत गर्नेहरुलाई समेत राज्य, यहाँको स्थानिय गाविस र अर्बपतिहरु सँग धिक्कार लाग्छ रे ।

    कम्हरिया गाविस वडा नं ५ लुम्बिनीरोडको उत्तरपट्टि जाने औद्योगिक कोरिडोरको जम्मा ५ सय मिटर बाटो बनाउन यहाँका अर्बपति बीच र स्थानिय सरकार तँछाडमछाड गरेको देखिन्छ ।

    बाटो छ जम्मा ५ सय मिटर तर हरिबिजोग छ । यो बाटोमा करोडाँैको मोटरकार लिएर अर्बपतिहरु हिँड्छन तर बाटोको खाल्टा खुल्टी पुर्ने यिनीहरुको हैसियत राख्दैनन् । यसक्षेत्र बाट उत्पादन हुने सिमेन्ट, इटा, नेपालका हरेक गाउँमा पुगेका छन् । तर यो बाटो बनाउन यहाँको उत्पादन भएको सिमेन्ट प्रयोग हुन कठिन देखिएको स्थानिय हकिम खानले बताउँछन् ।

    यस विषयमा यहाँका एक अर्बपति सँग बुझ्दा आपसमा कुरा नमिल्दा बनाउन नसकिएको बताए । उनल भने अर्बौको लगानीका उद्योगहरुका सवारी साधन यही बाटो प्रयोग गरेर आवतजावत गरिएको छ । तर हामी आपसको समझदारी नहँदा बाटोेको बिजोग देखिएको हो ।
    हामी बनाउने प्रयासमा छौँ ती अर्बपतिले भने ।  यस विषयमा जिल्ला विकास समिति रुपन्देही र कम्हरिया गाविसको कार्यालयमा सम्पर्क गर्दा यहाँका स्थानिय अधिकारीहरु बेखबर जस्तै जवाफ फर्काउँछन् ।

    यो बाटोमा एक दर्जन जति सिमेन्ट फ्याक्ट्री, इटा फ्याक्ट्री र खानेतेल उत्पादन गर्ने उद्योग रहेका छन् । जहाँ उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको समेत सुप्रिम सिमेन्ट उद्योग रहेको छ ।

    लुम्बिनी प्रवेशको मुख्य सडक संग जोडिएको यो बाटोमा दिउँसोमा उडने धुलोले दिउँसै यसको पेरिफेरीमा अन्धकार जस्तै देखिन्छ । फ्याक्ट्रीहरु वाट निस्कने धुवा भन्दा यो बाटोमा उड्ने  धुलोले लुम्बिनी जाने पर्यटकहरुलाई सम्म धुलाम्मे बनाउने गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.