लुम्बिनीखबर
भैरहवा, पुस २४ । लुम्बिनी मनिचेञ्चर संघको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट गोपाल भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

शनिबार जिल्लाको बाउन्नकोटी सामुदायिक वन क्षेत्रमा भएको संस्थाको साधारणसभा तथा अधिवेशनले उपाध्यक्षद्वय ऋषिराम पाण्डे, नरहरि घिमिरे, सचिवमा पिताम्बर न्यौापाने, सह–सचिवमा घनश्याम अधिकारी, कोषाध्यक्षमा नवराज न्यौपानेलाई समेत निर्विरोध निर्वाचित गरेको लुम्बिनी मनिचेञ्जर संघले जानकारी दिएको छ ।
अधिवेशनबाट सदस्यहरुमा लोकनाथ ज्ञवाली, वासु खनाल, रामप्रसाद खरेल, अशोक क्षेत्री, रमेश कानु, हरिनारायण चापागाई र अवध किशोर अग्रवाललाई समेत चयन गरेको छ । संस्थापक अध्यक्ष रेनुका चापागाईको प्रमुख आतिथ्यता, उद्योगी विष्णु शर्माको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।