logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    नया बर्षमा यसरी झुम्यो भैरहवा


    २ बैशाख २०७३ , बिहिबार

    नया बर्षमा यसरी झुम्यो भैरहवा

    भैरहवा, बैशाख । दुःखै दुःखले भरिएको २०७२ साललाई बिदा गरी नया आशा र उत्साहका साथ नव बर्षलाई स्वागत गर्न आतुर देखिएका थिए भैरहवावासी । नया बर्षको पर्खाईमा रहेको भैरहवावासीलाई बुटवल–बेलहिया ६ लेनको फराकिलो बाटो पनि अपुग देखिएको थियो । जता हेर्यो भिडै भिड, प्रहरी तथा आयोजक मिलेर भिडलाई ब्यावस्थापन गर्न हम्मे हम्मे परेको थियो ।
    नया बर्षको पूर्व सन्ध्यामा भैरहवामा सिद्धार्थ उद्योग बाणिज्य संघले आयोजना गरेको सिद्धार्थ खाना महोत्सवको शुरुमै स्थानिय ठेला ब्यापारीहरुको ठेलामा खाना खानेको उस्तै घुईचो, त्यस भन्दा अगाडी सर्दै जादा फरक, फरक होटलका फरक परिकारले स्वादले समेत भैरहवावासीको मन लोभ्याएको थियो ।
    मःमः, चाउमिन, आईक्रिम देखि लिएर अष्ट्रिचका समेत थरि थरिका परिकारले भैरहवाको बाटो सजिएको थियो । बच्चा, युवा देखी वृद्ध अवश्थाका समेत स्वादका पारखीहरु एक साथ भैरहवामा सडकमै खाना खान ओईरिएका थिए ।
    यति मात्र हैन सडकमै ख्याती प्राप्त हास्य कलाकार मनोज गजुरेल, गायिका मनिषा पोखरेल, डिजे तमा, बि बोईङ्ग, स्थानिय लोक संस्कृति बिरहा तथा बिभिन्न सांस्कृतिक कार्यक्रमबाट पनि भैरहवा उत्सवमय भएको थियो । राष्ट्रियताले ओतप्रोत भएको राष्ट्रगीत देखी लिएर युवा युवतीलाई तताउने डिजे र गीतले भैरहवाले बर्ष दिनको दुःख बिसाएको झै लाग्थ्यो ।
    महोत्सवमै भेटिएका थम गुरुङ्गले भैरहवामा भएको महोत्सवले २०७२ को दुखमा मलम लगाउने काम गरेको टिप्पणी गरे । भुकम्प, आन्दोलनका कारण थकित देखिएका     भैरहवावासी लाई बर्षको यो अन्तिम दिनले केही हदसम्म राहत दिएको उनको भनाई थियो ।
    भैरहवाको देवकोटाचोक देखी महेन्द्र सभा गृह सम्मको बाटो सडक महोत्सव मनाईरहदा सम्पूर्ण भैरहवा वासी लगायत यस आसपासका बासीन्दाले पूर्ण रुपमा साथ दिएको आयोजकले बताए । कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले यस अघिका केही बर्ष विविध कारणले मनाउन नसकेको सडक महोत्सव अब निरन्तर रुपमा हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.