logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    पृथ्वीनारायण शाहको योगदानको गदर गर्न माग


    २६ पौस २०७३ , मंगलबार

    पृथ्वीनारायण शाहको योगदानको गदर गर्न माग

    लुम्बिनीखबर
    बुटवल, पुस २५ । राष्ट्रिय हिन्दु युवा मञ्च नेपालले पुस २७ गतेलाई राष्ट्रिय एकताको पर्वको रुपमा मनाउनुपर्ने माग प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ ।

    राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहलाई सम्मान गर्दै जनभावनाको कदर स्वरुप उक्त दिनलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गरि सार्वजनिक बिदाको समेत माग गरिएको छ ।


    मंञ्चका संयोजक माधव केसीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय मार्फत इतिहासमा एकिकृत नेपाल निर्माणमा पृथ्वीनारायण शाहले गरेको योगदानको कदर गर्दै सम्मान गर्न माग गरिएको छ ।

    ज्ञापनपत्रमा नेपाल राष्ट्र निर्माणमा महत्वपुर्ण योगदान पुर्याएका पृथ्वीनारायण शाह र उनका योगदानलाई पुस २७ गतेको दिनलाई राज्यले बेवास्ता गरेको भन्दै इतिहासका यस्ता पात्रहरुलाई मेटाउने कोशिस गरिएको र यस्ता कार्यले राष्ट्र माथिको प्रहार भएकाले आजका पुस्ताले यस्तो कार्य हेरेर बस्न नसक्ने उल्लेख गरिएको छ ।

    यस्तै ज्ञापनपत्रमा पृथ्वीनारायण शाह नेपालको इतिहासमा एउटा सामान्य ब्यक्ति नभइ उनको प्रयासका कारणनै बिश्व साम्राज्यवादको हातबाट नेपाललाई औपनिवश हुनबाट जोगाएका इतिहास रहेको र त्यसैको सफलताका कारण आज नेपाल र नेपाली हौं भन्न सक्ने अवस्थामा रहेको उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.