नरेश के.सी.
भैरहवा, पौष २७ ।सामाजिक क्षेत्रमा संसारकै सबैभन्दा ठूलो संस्था लायन्स क्लबका संस्थापक मेल्भिन जोनको १३८ औं जन्मजयन्तीको अवसरमा भैरहवामा विशेष कार्यक्रम गरिने भएको छ ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथको आतिथ्यतामा हुन गइरहेको उक्त कार्यक्रममा लायन्स एरिया ४ का ५४ लायन्स क्लब र १४ वटा लियो क्लबहरुको सहभागीता रहने सिद्धार्थनगर युथका अध्यक्ष अर्चित श्रेष्ठले जानकारी दिए ।
सो कार्यक्रम सम्बन्धमा जानकारी दिने ध्ययेले बुधबार भैरहवामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै डिस्ट्रक ३२५ विटुका मेल्भिन जोन्स जयन्ती समारोह संयोजक महेशचन्द्र थापाले सामाजिक क्षेत्रमै विशिष्टता कमाएको , संसारमै सामाजिक संस्थाका तर्फबाट युएनको सदस्य भएको लायन्सको संस्थापकको जयन्ती समारोहको तयारी अन्तीम चरणमा पुगेको बताए ।

सोही अवसरमा बोल्दै लायन्स क्लब डिस्ट्रक ३२५ विटुका पुर्व गर्भनरद्वय महेन्द्र नारायण श्रेष्ठ र अरुण प्रताप राणाले शान्तिका प्रतिक बुद्धभूमि लुम्बिनीको प्रवेशद्धार भैरहवामा सामाजिक क्षेत्रका महान व्यक्तित्व मेल्भिन जोनको जन्मजयन्ती मनाउनु नै संसारकैलागी नमूना भएकोले सबै अन्चलबासीले खुला दिलले सहयोग गर्नुपर्नेमा जोड दिए ।
गर्भनरद्धयले नेपालमा भुकम्प जादां लायन्स क्लब अफ इन्टरनेशनले सबैभन्दा ठूलो राशी ५० करोड सहयोग गरेको स्मरण गदै सामाजिक क्षेत्रमा लायन्सको योगदानको चर्चा गरेका थिए ।
सो अवसरमा लायन्स धर्मराज श्रेष्ठ , किरण खरेल, गोवीन्द प्रसाद गिरी लगायतले बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर युथले छोटो समयमै महत्वपुर्ण काम गरेको पनि तर्क गरे । मेल्भिन जोनको जन्मजयन्ती मनाउने सन्दर्भमा पुस ७ गते वसेको एरिया ४ को बैठकले लयान्स क्लब अफ सिद्धार्थनगर युथलाई आतिथ्यता गर्ने जिम्मेवारी दिएको क्लबका सदस्य गोविन्द प्रसाद गिरीले जानकारी दिए । सो अवसरमा क्लबले रयालीमा झाकिं सहित सहभागी उत्कृष्ट क्लबलाइ १० हजार पुरस्कार प्रदान गर्ने र सांझ विशेष सास्कृर्तिक कार्यक्रम समेत गर्नेगरी तयारी थालेको सदस्य गिरीले जानकारी दिए ।