लुम्बिनीखबर
भैरहवा, माघ । इनरव्हील दिवसको अवसरमा इनरव्हील क्लब अफ लुम्बिनीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित अँधियारी निम्न माविमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गरेको छ ।

संस्थाले विगत देखि नै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र अहिले ग्रामिण भेगको विद्यालयमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु सहयोग गरेको क्लबका सह–कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रचना क्षेत्रीले बताइन ।
बौद्धिक अपाङ्गता अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसीले सबै भन्दा अशक्त अपाङ्घता भनेकै बौद्धिक अपाङ्गता भएकोले यस्ता बालबालिकाहरुलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।
क्लबका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता, बौद्धिक अपाङ्गता अभिभावक संघ रुपन्देहीका अध्यक्ष बाबुराम केसीको प्रमुख आतिथ्यता, अँधियारी निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हृदयराम यादवको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
क्लब सम्पादक बीना अग्रवालको स्वागत मन्तव्य, उपाध्यक्ष रचना शर्माको धन्यवाद ज्ञापन तथा सचिव प्रभा खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बौद्धिक अपाङ्गता अभिभावक संघ रुपन्देहीद्धारा अँधियारी निम्न माध्यमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता डे केयर सेन्टरमा हाल २० जना बालबालिका रहेका छन ।