logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    चुनाव गर्नैपर्छ ः पूर्व प्रधानमन्त्री भट्टराई


    ९ माघ २०७३ , आइतबार

    चुनाव गर्नैपर्छ ः पूर्व प्रधानमन्त्री भट्टराई

    नरेश के.सी
    भैरहवा, माघ ९ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक  डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर भएपनि चुनाब गर्नैपर्नेमा जोड दिएका छन् ।

    पार्टीको जिल्ला समितीले रुपन्देही सदरमुकाम भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराइले भने “निर्वाचन भएन भने संविधान कार्यन्वयन हुदैंन, संविधान कार्यन्वयन भएन भने संविधान असफल हुन्छ । यसैले संविधानको कार्यन्वय र सफलताकोलागी कुनै पनि हालतमा निर्वाचन गनैपर्छ । ”

    डा. भट्टराईले मधेसी र जनजाति समुदायले उठाएका मागलाई संविधान संशोधन मार्फत सहमतीमा लिएर सबैको सहमतिमा निर्वाचन गर्नुको विकल्प नभएको पनि बताए । सोही अवसरमा पार्टीका ५ नम्बर प्रदेश संयोजक दान बहादुर चौधरी र पार्टीका आर्थिक उत्पादन एवं स्वरोजगार विभाग प्रमुख बामदेव क्षेत्रीले समेत सम्बोधन गर्दै नयाँ शक्ति नेपालले उठाएका एजेन्डाले मात्रै मुलुक शान्त र समृद्ध हुने तर्क राखेका थिए ।

     


    देवेन्द्र पाण्डे सागरको अध्यक्षता, यज्ञ पोखरेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा विजेन्द्र  पासवानको पाटि बहुजन शक्ति नेपाल र नेपाल परिवार दल परित्याग गरी नयां शक्ति प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गरिएको थियो ।

    बहुजन शक्तिका लुम्बिनी अन्चल इन्चार्ज किस्मत वि.क. र सोही पार्टीका केन्द्रिय महिला अध्यक्ष गंगा वि.क सहित नेपाल परिवार दलका जिल्ला अध्यक्ष सहित ३ सय १५ जना नयां शक्तिमा प्रवेश गरेको निजामति ट्रेड युनियन नेपालका केन्द्रिय अध्यक्ष शोभाकान्त नेपालले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.