logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भैरहवामा घरजग्गाको मूल्य घट्दै


    १८ माघ २०७३ , मंगलबार

    भैरहवामा घरजग्गाको मूल्य घट्दै

    कमल रायमाझी
    भैरहवा,माघ १८ । भैरहवा क्षेत्रमा बढ्दै गरेको घरजग्गा कारोबारमा अव गिरावट आउने भएको छ ।  नेपाल राष्ट्रबैंकले घरजग्गा कारोवार लगानी अनउत्पादक र जोखिमयुक्त रहेकाले यसमा लगानी  नगर्न बैंकहरुलाई निर्देशन दिएकाले पनि घरजग्गा कारोबारमा कमी आउने भएको हो ।

    पूँजी बढाउने नाममा बैंकहरुले अन्धाधुन्ध रुपमा अनउत्पादक क्षेत्रमा लगानी बढाउनाले समेत बैंकहरुमा रकम रित्तिएकाले पनि घरजग्गा कारोबार समस्यामा पर्ने विज्ञहरुले बताउने गरेका छन् ।

    मुख्यतया बजार क्षेत्रमा विभिन्न प्रचारबाजी गरी बंैकको लगानीमा सस्तो मुल्यमा किनेको घरजग्गा महङगो मुल्यमा बेच्न पल्किएका घरजग्गा कारोबारीहरु अब बैंकहरुले लगानी गर्न छाडेपछि टाट पल्टिने सम्भावना बढी रहेको समेत तथ्याङकले देखाएको छ ।

     

    बैंकको सस्तो व्याजदरमा ऋण लिएर जग्गा खरिद गर्नेहरुलाई अब बैंकले चर्को ब्याज एकातिर बढाउने र अर्कोतिर लगानी फिर्ता गराउने प्रयास गर्ने देखिएकाले पनि घरजग्गा कारोबारीहरुले होल्ड गरेर महँगो मुल्यमा बेच्ने सपना देखेका प्लटिङहरु सस्तो मुल्यमा बेच्न बाध्य हुने समेत आर्थिक तथ्याङकले देखाएको छ ।

    अहिले अनउत्पादनक क्षेत्रमा लगानी बढाएकाले बैंकहरुको लगानी योग्य रकम रित्तिएको बताउँदै नेपाल राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउन र घरजग्गा जस्ता अनउत्पादक क्षेत्रमा लगानी नगर्न समेत बंैकहरुलाई सुझाव दिएको छ । जसका कारण आकासिएको घरजग्गा मुल्य स्वतः घटने देखिन्छ ।

    घरजग्गामा लगानी बढाउँदा बैंकहरुको खराब कर्जा दर बढेको बताउँदै त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा.कपिलदेव लामिछानेले अहिले साधारण व्यक्तिका लागी समेत बैंकहरुले लगानी गर्न नसकेको बताए । उनले भने, “बैंकहरुको रकम सबै घरजग्गा जस्ता अनउत्पादक क्षेत्रमा लगानी भएको छ । जसका कारण देशको अर्थतन्त्रमा समेत समस्या निम्त्याएको देखिन्छ ।”

    सन २००७ मा अमेरिकामा सुरु भएको आर्थिक मन्दी पनि घरजग्गा कारोबार भएको उदारण दिँदै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अर्थविद डा. शंकर नेपालले नेपालमा पनि बैंकहरुले नाफा कमाउने उद्देश्यले घरजग्गा जस्तो अनउत्पादनक क्षेत्रमा लगानी बढाउँदा बैंकहरुको लगानी योग्य रकम रित्तिएको र उनीहरुको जनतासँंगको विश्सनीयता गुम्दै गएको बताए ।

    उनले भने, “लगानी त्यो तत्व हो, जसले आम्दानीमा वृद्धि गर्छ र उत्पादनमूलक क्षेत्रमा यसले देशको अर्थतन्त्रलाई समेत टेवा पु¥याउँछ । तर नेपालको घरजग्गा कारोबारले व्यक्ति र बैंकहरु मोटाए पनि राज्यले घाटा बेर्होनुपरेको छ ।”

    भैरहवा क्षेत्रमा समेत विगतमा भन्दा अहिले घरजग्गाको कारोबार कमी हुने गरेको यहाँका नापी र मालपोत कार्यालयको रेकर्डमा देखिन्छ । अहिले यहाँका मालपोत र नापी कार्यालयहरुमा विगतमा भन्दा पचास प्रतिशत कम राजस्व घरजग्गा पासमा उठ्ने गरेको मालपोत कार्यालय भैरहवाले जनाएको छ ।

    यहाँका जग्गा दलालहरुले निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र, छ लेन सडक र लुम्बिनीको प्रचार गर्दै जग्गाको मुल्य बढाएको देखिन्छ । जसको फाईदा जग्गा दलाल र उनीहरुलाई लगानी गर्ने बैंकहरु भएपनि यहाँका आम सर्वसाधरणलाई र राज्यलाई यसले अप्ठयारो पु¥याएको छ ।

    भैरहवामा जग्गा दलालहरुले राज्य र नगरपालिका तथा गाविसको नीति नियम विपरित सर्वसाधरणलाई समेत पलटिङ गरेको जग्गा बिक्री गर्दा प्रत्यक्ष ठगेको देखिन्छ । उनीहरु हचुवाको भरमा सरकारले तोकेको मापदण्ड विपरीत जग्गा पलटिङ गर्ने, सरकारलाई राजस्व समेत नतिर्ने, २० फुटे बाटो बनाउनुपर्ने ठाउँमा १८ फुटे बनाउने कमजोर पिच बाटो बनाएको देखाउने , बनाउनु पर्ने नाली समेत नवनाउने र अव्यस्थित रुपमा पलटिङ किनबेच गर्ने गरी अथाह आम्दानी गर्दा समेत सम्बन्धित निकाय समेत उनीहरुको आर्थिक प्रलोभनमा परी चुपचाप हुँदा अपार्दशिता मौलाएको स्थानिय दिपक परियार बताउँछन् ।

    अहिले यस क्षेत्रका साना साना जग्गाका टुक्राहरु समेत दलालहरुको फन्दामा भएको भन्दै स्थानिय परियारले भने, “आमसर्वसाधरणले जग्गा किन्नुपरेमा महँगंो मुल्यमा तिर्न बाध्य हुनुपरेको छ । बंैकहरुको लगानीमा नै दलालहरुले जग्गा होल्ड गरेका हुन् । अब बैंकले व्याज दर बढाउदै लैजाने र लगानी नगर्ने हो भने जग्गाको मुल्य स्वतः घटने छ ।” नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा जलविद्युत, कृषि, रासायनिक मल उद्योग, हस्तकला र पर्यटन क्षेत्रमा बैंकहरुले लगानी गरे आर्थिक विकासमा फड्को मार्नुपर्ने देखिन्छ ।

    जसले नेपाल र नेपालीका लागी सदैव अगाडी वढाउने काम गर्दछ । अवको देशको अर्थतन्त्र समेत यसैमा अगाडी वढने भएकाले बैंकहरुले अनउत्पादन क्षेत्रमा लगानी कम गर्न आवश्यक रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.