logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अर्थ समितिको टोलीद्वारा भैरहवा भन्सारको अनुगमन


    १८ माघ २०७३ , मंगलबार

    अर्थ समितिको टोलीद्वारा भैरहवा भन्सारको अनुगमन

    लुम्बिनीखबर,
    भैरहवा, माघ १८ । व्यवस्थापिका संसदको अर्थ समितिको टोलीले आकस्मिक रुपमा भैरहवा भन्सारको अनुगमन गरेको छ । भन्सारको अनुगमन पश्चात पत्रकार सम्मेलनगरी समितीले भैरहवा भन्सारको राजस्व संकलन दर सन्तोषजनक भएको जनाएको छ ।


    समितीका सभापति सांसद प्रकाश ज्वालाले भने “राजस्व संकलन सन्तोषजनक छ तर कर्मचारीको व्यवहार र काम गर्ने शैलीमा सुधारको खाचों देखिएको छ । ” ५४ अर्ब बार्षिक लक्ष्य रहेको भैरहवा भन्सार कार्यालयको राजस्व ६ महिना बित्दा ३५ अर्ब भैसकेकाले उपलब्धि नै मान्नु पर्छ ” उनले  ८६ जना दरबन्दी रहेको कार्यालयमा १५० जना कर्मचारी कार्यरत रहदा खर्चदर बढेको जनाए ।

    सो अवसरमा सांसदहरुले भन्सारमा रहेको सिसी क्यामराको बारेमा पनि आशंका सृजना गरेका थिए । नवलपरासी, रुपन्देही र चितवनका विभिन्न सहकारीको अनुगमन गरेर सुझाव समेत संकलन गरेको संसदीय टोलीले सहकारीहरु गरिबी निवारणको महत्वपुर्ण पक्ष बन्ने धारणा राखेका थिए ।

    उनीहरुले सहकारी सम्बन्धी ऐन निर्माणका क्रममा धेरै क्षेत्रबाट आएको सुझाव र उठेका समस्याहरुका बारेमा स्थलगत अध्ययन गरी राय लिनको लागि टोली जिल्ला जिल्लामा आएको समेत बताए । बुधबार टोलीले जिल्लाका विभिन्न सहकारीहरुको अवलोकनपछि राय तथा सुझाव लिएका हो  ।

    अर्थ समितिका सभापति प्रकाश ज्वालासहितको टोलीले जिल्लामा भएका सहकारीहरुको अवलोकन गरेको हो ।  संसदीय टोलीले सहकारी ऐन निर्माणका लागि आएका विधेयकमा दुई सय ९६ वटा संसोधन परेको जानकारी दिए ।

    उनीहरुले सीमान्तकृत समुदायले सन्चालन गरेका धेरै सहकारी राज्यकोलागी महत्वपुर्ण जनाउदैं नेपालकै पहिलो बखान सहकारी देखी बुटवलमा सन्चालित सार्कि समुदायले सन्चालन गरको सहकारी नमूना योग्य भएको बताए ।

    अर्थ समितिको टोलीमा सभापति प्रकाश ज्वाला, संयोजक केदार संजेल र सदस्यहरु जगदिश्वरनरसिंह केसी, मदनकुमारी साह, गोपाल दहित, कमला पन्त,कृष्णहरि खडका, सुबोधकुमार पोख्रेल, कृष्णहरि खड्का लगायत रहेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.