भैरहवा, माघ २० । आगामी फागुन १४ गते हुने त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र
विद्यार्थी युनियन निर्वाचनलाई लक्षित गर्दै अखिल क्रान्तिकारीले बिहीबार भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु परिचालन समिति गठन गरेको छ ।
माओवादी केन्द्र निकट यो विद्यार्थी संगठनले विद्यार्थीहरुको हक अधिकारको लागी आफुले गरेका संर्घषहरुलाई सस्थागत गर्न पनि स्ववियु निर्वाचन आवस्यक भएको भन्दै स्ववियुमा विजय प्राप्त गर्न निर्वाचन समिति गठन गरेको अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पस इकाई समितिले जनाएको छ ।
नेतृत्व विकास र व्यक्तित्व बिकासमा समेत अखिल क्रान्तिकारी पहिलो संगठन भएकाले पनि सवै विद्यार्थीहरु गोलवन्द भएर स्ववियु निर्वाचनमा आफ्नो संगठनलाई मतदान गर्ने अपेक्षा रहेका समेत स्ववियु परिचालन समिति गठन गरेको संगठनका सदस्य दिपक पौडेले वताए ।
स्वविय्ुको विजय प्राप्त गर्न संगठनका केन्द्रिय सदस्य टिपि न्यौपाने लाई स्ववियु परिचालन समितिको कमाण्डर तोकेको छ । अन्य विभाग पनि क्रान्तिकारीले गठन गरेको छ । जसमा क्याम्पस संयोजक कपिल चापागाई, आर्थिक विभाग संयोजकमा मनिष ढकाल, संगठन निर्माण विभाग संयोजकमा सन्तोष पन्थी, सह संयोजकमा प्रविन जैसी, सदस्यता वृद्धि संयोजकमा भुपेन्द्र थापा,
सह संयोजकमा दिपक पौडेल, महिला विभाग संयोजकमा समिकला पटेल र मिडिया
संयोजक एवं कार्यालय व्यवस्थापन र मधेसी विद्यार्थी परिचालनमा रबिन्द्र प्रताप गुप्ता रहेको अखिल
क्रान्तिकारीका केन्द्रीय सदस्य कपिल चापागाईले जानकारी दिए ।
क्याम्पसमा विगत देखिनै आफ्ना कार्यक्रमहर माफैत विद्यार्थीहरुको पक्षमा वकालत गर्दै आईरहेको अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पसमा समेत लोकप्रिय संगठन हो ।