logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    बैंकबाटै नक्कली कागजातमा ऋण प्रवाह गर्छन्


    २३ माघ २०७३ , आइतबार

    बैंकबाटै नक्कली  कागजातमा ऋण प्रवाह गर्छन्

    कमल रायमाझी
    भैरहवा,माघ २३ । नेपालका बैंकहरुले नक्कली कागजातका आधारमा ऋण प्रवाह गर्दा आर्थिक विकासमा सुस्तता आएको अर्थविद्हरु बताउँछन् ।

    उत्पादनमुलक क्षेत्रमा लगानी गरि देशको समुन्नत आर्थिक विकासका लागी बैंकहरुले मुख्य भुमिका निर्वाह गर्नुपर्ने प्रावधान रहेता पनि यो हुन नसक्दा बैंकहरुले गर्ने लगानी अनउत्पादनक देखिन्छ ।

    अस्वस्थ प्रतिस्पर्धाको बजारमा बैंकहरुले आफुलाई वढी नाफा हुने र व्यक्तिगत सम्बन्धका कारण समेत लगानी बढाएको पाइन्छ । जो देश र समाजका लागी हानिकारक हो । केही सिमित व्यक्तिहरुको सञ्जालमा नेपालका बैंकहरु घुमिरहेका बताउँदै अर्थविदहरुले निमुखा र ग्रामीण क्षेत्रमा लगानी वढाई देशको अर्थतन्त्रमा टेवा दिनेकाम नेपालका बैंकहरुले गर्न नसकेको गुनासो गर्दछन् ।

    देशको कुल जनसख्याको केही प्रतिशत जति व्यक्तिहरुले मात्र बैकमा आफुले चाहेजति रकम क्रणको रुपमा निकाली खर्च गर्ने गरेपनि अधिकांश जनताले बैंकको कागजात बनाउन नसक्दा बैंकिङ सुविधा वाट बञ्चित हुन परेको अर्थशास्त्रका विद्यार्थी दामोदर घिमिरे बताउँछन् ।
    नक्कली कागजातका भरमा केही गिरोहको प्रलोवनमा परेर समेत बैंकहरुले गलत व्यक्तिहरुलाई क्रण लगानी गरेको  समेत नेपालमा पाईएको भन्दै अर्थशास्त्रका विद्यार्थी घिमिरेले अपार्दशी र फर्जी कागजातका भरमा लगानी गर्ने बैंकहरुलाई राष्ट्रबैंक तथा सरकारले अनुसन्धान गरि कारबाही गर्नुपर्ने बताए ।

    जसका कारण राज्यलाई समेत फाईदा पुग्ने र बैंकहरुको लगानी सिमित व्यक्तिको घेराबाट तोडिदै अधिकांश जनता सम्म पुग्ने घिमिरेको कथन रहेको छ ।
    अहिले नेपालमा फर्जी कागजात बनाई आयस्रोत बढाउने र बैंकका कर्मचारीको मिलोमतोमा क्रण निकाली अनुउत्पादनक क्षेत्रमा लगानी वढाउने प्रचलन व्यापक वनेपछि बैकहरुमा समेत आर्थिक तरलता देखिएको छ ।

    क्रण लिनका लागी नै मानिसहरुले राजस्व कार्यालय वाट पान नम्वर लिने दर्ता गरेको फर्मले उद्देश्य अनुसार काम नगर्ने बैंकबाट ऋण निकाल्नका लागी  मात्र व्यापारिक फर्म देखाउने गर्नाले पनि देशमा आर्थिक वृद्धि हुन नसकेको अर्थविद्हरुको भनाई रहेको छ ।

    व्यापारिक फर्महरुको पनि बैंकमा पेश गर्ने अडिट रिर्पोटमा आयस्रोत धेरै देखाउने र राजस्व कार्यालयमा बुझाउने अडिट रिपोटमा कम देखाउने गिरोहहरु समेत व्यापक रहेकाले पनि यसको अनुसन्धान गर्नुपर्ने माग सर्वसाधरणको छ ।

    रुपन्देहीका एक कृषक ओमप्रकासश चौधरीले बैंकले जग्गा धितो राखेर गाइपालन गर्ने सोच बनाएर ऋण निकाल्न बैंक सम्म पुग्दा बंैकहरुले भने अनुसारको कागजात पु¥याउन नसक्दा ऋण नपाएको गुनासो एकातिर गर्दा अर्कातिर नक्कली तलब स्केलको कागजात, फर्जी अडिट रिपोर्ट, नक्कली घरभाडाको आयस्रोत, बाटो नभएको जग्गा पनि बाटो देखाएर धितो , धिलो उच्च मुल्याङकन र बैंकका कर्मचारीको मिलोमतोमा गलत रुपमा अर्कोतिर ऋण प्रवाह भैरहेको बैकहरुमा देखिन्छ ।

    एक वाणिज्य बैंकका व्यवस्थापकले आफ्नो नाम  उल्लेख नगर्ने सर्तमा लुम्बिनीखबर संगको कुराकानीमा बंैकहरुको धेरै लगानी गाउँ सम्म र ग्रामीण बस्तीका झुपडी सम्म नपु¥याउनु बजारम फर्जी कागजातमा लगानी गर्न पाउनाले पनि  सिमित व्यक्तिको घेरामा बंैकको लगानी घुम्ने गरेको बताउँछन् ।
    उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहाने व्यक्तिहरु नेपालमा धेरै भएपनि बैंकहरुले सीमित घेरामा रमाउन चाहने हुनाने देशको अर्थतन्त्र अगाडी नबढेको र उत्पादनमुलक क्षेत्रमा लगानी हुन नसकेको बताए ।

    बंैकहरुले राष्ट्रबैंकको नियम अनुसार आफुले लगानी गरेको देखाउन फर्जी कागजात वनाउन लगाएर समेत प्रमाणमा चोखो बन्न खोजेको तर सही रुपमा र उत्पादन मुलक क्षेत्रमा लगानी बढाउने काममा भने चासो नदेखाएकाले पनि नेपालमा बैंकहरुले गर्ने लगानी केहि व्यक्तिहरुको एकाधिकारमा रहेको प्रष्ट देखिन्छ ।
    बैंकहरुले जथाभावी लगानी गर्नाले समेत देशमा आर्थिक विकास हुन नसकेको वताउदै नेपाल राष्ट्रबैकका डिपुटी  गर्भनर चिन्तामणी शिवाकोटीले समेत सवै नेपाली माझ बैंकहरु लगानी मैत्री नभएको एक कार्यक्रममा वताएका थिए ।

    एकातिर देशको अर्थतन्त्र सिमित व्यक्तितिर र अनउत्पादनमुलक क्षेत्रमा खर्च भैरहेको देखिन्छ भने अर्को तिर रोजगार नपाएर लाखौ नेपाली युवाहरु विदेशिनु पर्ने वाध्यता  देखिन्छ ।

    यस्तो परिस्थिती देशमा रहदा समेत नत नेपाल राष्ट्रबैंकले अनुसन्धान गरेर सहि ठानमा बैकहरुलाई लगानी गर्न प्रोत्साहन गर्छ नत सरकारले । यसैका कारण हामी आर्थिकरुपमा ओरालो लागेको विश्वको अर्थमापन मा देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.