कमल रायमाझी
भैरहवा, माघ २५ । विश्व शान्तिको कामना गर्दै म्यानमारमा बस्ने नेपालीबासीहरु रुपन्देहीको शंकरनगरमा स्थापना भएको विश्व सुख शान्ति विहारको सीमागृह समुद्घाटनमा सहभागी भएका छन् ।

बुद्धको सन्देश विश्वमाझ पु¥याउन स्थापना भएको विपश्यना ध्यान शिविरको उद्घाटन सत्रमा नेपाली मूलका म्यानमार नागरिकहरु शंकरनगरमा आएका हुन् । करिब ७० जना म्यानमारी बुद्धिस्ट, भन्ते, उपासक, भिक्षुहरु अहिले शंकरनगरको नवनिर्मित विश्व सुख शान्ति विहारमा विपश्यनाको सुरुवातमा रुपन्देहीबासीको साथमा रहेर अगाडि बढिरहेको लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष वासु गौतमले जानकारी दिए ।
एनआरएन उपाध्यक्ष तथा नेपाली मूलका म्यानमारी नागरिक ज्ञानबहादुर थापा बगालेको समेत सहभागिता रहेको कार्यक्रममा दर्जनौँ नेपाली तथा म्यानमारी नागरिकहरुले ध्यान शिविरको अवलोकन गर्नुका साथै विपश्यनामा उपस्थिति जनाएको लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष गौतमले बताए ।
एक सातासम्म चल्ने ध्यान शिविरको नेतृत्व म्यानमारी भन्ते प्रज्ञाश्रीले गर्ने बताइएको छ । रुपन्देहीका विभिन्न संघसंस्था, नागरिकहरु समेत सहभागी रहेको यो कार्यक्रमको उद्देश्य विपश्यना ध्यान शिविर संचालन गर्ने रहेको छ । अब यो विपश्यना ध्यान शिविर मासिक रुपमा गरिने र बुद्धको सन्देश समेत यसै शिविरबाट फैलाउने उद्देश्य रहेको म्यानमारी भिक्षुहरुले बताएका छन् ।