logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    तिवारी हत्यामा संलग्न ७ जना पक्राउ


    १५ फाल्गुन २०७३ , आइतबार

    तिवारी हत्यामा संलग्न ७ जना पक्राउ

    मुख्य योजनाकार र अझै सुटर फरार

    भैरहवा, १५ फागुन । रुपन्देहीको देवदहमा गत पुस ४ गते हत्या गरीएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न ७ जनालाई आज रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ ।


    हत्यामा यसअघी मुख्य योजनाकार भनिएका मनोज बुढानै रहेको अनुसन्धानको निष्कर्षमा प्रहरी पुगेको जनाएको छ । तर, उनी सहित अन्य मुख्य योजनाकार भनिएकाहरु भने फरार छन् ।
    हत्यामा संलग्न भएको अभियोगमा देवदह नगरपालिका ६ का ३१ बर्षीय बसन्त बहादुर चापागाई पक्राउ परेका छन् । उनले मनोजको निर्देशनमा तिवारीको सम्पुर्ण गतिबिधि सूचना हत्यारालाइ दिने गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
    यस्तै पक्राउ परेका तिलोत्तमा नगरपालिका १५ का २७ बर्षीय बुद्धीसागर यादव र उनका भाइ राजेश यादव तिवारीको हत्या गर्न मुख्य सुटरलाइ ल्याउने र सुरक्षित गन्तब्यमा पुर्याउने काम गर्ने सागर थापालाइ मोटरसाइकल उपलब्ध गराएका थिए । यस्तै तिलोत्तमा ८ का ३३ बर्षीय प्रयास भनिने खेमानन्द भट्टराई मुख्य सुटरलाई देवदहकै रोहिणी पुल सम्म पुर्याएर सागर थापासंग भेट गराएको र हत्या पश्चात पुनः हत्यारा र सागर थापालाई रोहिणी पुलबाट आफ्नो मोटरसाइकलमा राखि मणिग्राम पुर्याइ भगाएको प्रहरीले जनाएको छ ।
    यस्तै देवदह ८ का २३ बर्षीय सागर थापा, मुख्य सुटरलाई मोटरसाइकलमा राखि तिवारीको हत्या गर्ने काममा संलग्न रहेको र नवलपरासीका २८ बर्षीय अगंद थारु र देवदहका २८ बर्षीय ऋषिश्वर कुमाल मानेजको निर्देशनमा हातहतियार ओसारपसार र फिरौति असुलगरि मनोलाई पठाउने गरेको प्रहरीले जनाएको छ ।
    तिवारी हत्यामा देवदह नगरपालिका ६ का २९ बर्षीय मनोज पुन भन्ने मनोज बुढामगर मुख्य योजनाकार रहेको प्रहरीको दावी छ । उनी सहित उक्त घटनाका योजनाकारहरु भनिएका सिद्धार्थ नगरपालिका १३ का ४० बर्षीय बिकास भन्ने सोमबहादुर आले, वारा गडीमाई नगरपालिका १ का ३० बर्षीय श्याम गुरुङ्ग, सुटर बिस्तृत ठेगाना नखुलेका राजु, हातहतियार तथा गोली दिने देवदह ३ का २७ बर्षीय तुल बहादुर सिंजाली फरार छन् ।
    प्रहरीले हत्यामा प्रयोग गरिएको लु २८ प २११९, लु २५ प ८४४१ र बा ५१ प ८०७३ नम्वरको मोटरसाइकल र पेस्तोल समेत बरामद गरेको छ । फरारहरुलाई छिट्टै पक्राउ गरी सार्वजनिक गरिने रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक रविन्द्र बहादुर धानुकले जानकारी दिनुभयो । घटना राजनीतिक भन्दा पनि अपराधिक मनोबृत्तीबाट भएको उहाँले स्पष्ट पार्नुभयो ।
    पक्राउ परेका अभियुक्त पटक पटक बिभिन्न अपराधमा संलग्न रहेका र तिवारी हत्याका मुख्य योजनाकार मनोजले सिधै सम्पर्क गरि आफ्नो काम गराउने गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.