कमल रायमाझी
भैरहवा, फागुन १८ । समाज विकासमा साजसेवीहरुको भूमिका महत्वपुर्ण हुने गरेपनि व्यक्तिगत स्वार्थ प्राप्तिका लागी गरिने समाजसेवाले समाजलाई पछाडी धकेल्ने गरेको छ ।
बाहिरी आवरणमा समाजसेवाको प्रचार गराउने र भित्र पृष्ठभूमिमा आफ्ना स्वार्थहरु पुरा गराउने कुचेष्टाहरु नेपाली समाजमा विकराल बन्दै गएपछि अहिले स्वच्छ मन भएका समाजसेवीहरु समेत ओझेलमा परेका छन् ।
दलाल,तस्कर र भ्रष्टचारीहरुलाई विभिन्न औपचारिक कार्यक्रममा समाजसेवी भन्दै सम्मान र स्वागत गर्न थालेपछि भने समाजले पाउने निस्वार्थभावका मानिसहरु पछाडि धकेलिएका छन् ।
गलत धन्दा र व्यवसायी सञ्चालन गरी आर्जन गरेको धन दुई चार हजार सार्वजनिक कार्यक्रमहरुमा खर्च गरिदिएर समाजसेवी बनाउने चलन नेपाली समाजमा व्यापकता पाउँदा, सार्वजनिक सरोकारको विषय उठान गर्नेहरु अहिले ओझेलमा परेको देखिन्छ ।
जसले आफ्नो जिन्दगी अरुका लागी र समाजका लागी खर्च गरेको छ उसको यो समाजमा महत्व कम झल्कीने र गलत व्यवसायी गरी धेरै धन कमाउनेहरुको महत्व बढी देखिने प्रवृत्तिले समेत हाम्रो समाज व्यक्तिवाद बढी र समाजवाद कम हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता लिने गरेका छन् ।
समाजसेवा भनेको परोपकार हो । यो हाम्रो समाजमा परम्परा देखी चलिआएको देखिन्छ । वाटो घाटो,पाटी पौवा, धारा, ईनार बनाउनेहरुलाई हिजो समाजसेवा भनिन्थ्यो । मानिस हिँड्ने बाटोमा रोपिने वर पिपल समेत समाजसेवीले रोपेको पाइन्थ्यो । आज पनि समाजका लागी निस्र्वाथ भावले तन,मन र धनले सामाजिक क्षेत्रमा सहयोग पु¥याउनेहरु समाजसेवी भएको समाजशास्त्र विज्ञहरु बताउँछन् । समाजसेवीहरु कहिलैपनि आफ्नो स्वार्थ र नामका लागी काम गर्दैनन् । उनीहरु सधँै समाज र अरुको भलाईका लागी निरन्तर लागि रहन्छन् ।
विश्वको इतिहास हेर्ने हो भने पनि समाजसेवाको परिभाषा नेपाली समाज संग मिल्ने गरेको छ ।
समाजसेवाको विशुद्ध भाव राखेर युद्धमा घाईते भएकाहरुको उद्धार र मृत्यु भएकाहरुको दाहसस्कार गर्ने उद्धेश्यले सन १८६३ मा हेनरी डयुना सस्थापक रहेर स्थापना भएको रेडक्रम अहिले विश्वका १ सय १६ देशमा फैलिएको छ । नेपालमा समेत यसको स्थापना विक्रम सम्वत २०२० साल भाद्र १९ गते भएको हो ।
रेडक्रस मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकता जस्ता आधारभूत ७ सिद्धान्तमा आधारित विश्वको सबै ठूलो मानवीय सेवामा समर्पित संस्था हो । जो समाजसेवामा सधै क्रियाशील देखिन्छ ।
विश्वभर मानवसेवामा क्रियाशिल सस्था लायन्स समेत नेपालमा रहेको छ । ६ जुन १९१७ मा अमेरिकामा स्थापना भएको लायन्सको शाखा नेपाल लगाएत १ सय ७ मुलुकमा आफ्नो काम लाई निरन्तरता दिएको छ । जसको स्थापना दोस्रो विश्व युद्धमा घाईतेहरुको उद्धारका लागी भएको थियो ।
यी सस्थाहरु विश्वव्यापी रुपमा निस्वार्थभावका काम गरिरहदा नेपालमा रहेका समाजसेवीहरुले आर्थिक उपार्जनलाई समाजसेवा संग जोडेर हेर्ने गरेको पाईन्छ । समाजसेवा गर्ने उद्देश्य राखेर खोलिएका सस्थाहरु समेत आर्थिक उर्पाजनमा मस्त भएका छन् ।
नेपालमा खोलिएका अनाथालय देखी बृद्धाश्रमहरु समेत आफ्नो स्वार्थ पुरा गराउनका लागी खोलिएको देखिन्छ ।
सस्कृतविद पण्डित कमल नयन गौतमले समाजसेवा भनेको समाज र मानवको लागी गरिने निस्वार्थ सेवा हो भन्दै देशको विकासमा समाजसेवीहरुको भूमिका महत्वपूर्ण हुने बताउँछन् । उनले अरुलाई गरिने सहयोग तथा दान गोप्य हुनुपर्ने भन्दै नेपाली समाजमा अहिले फलानाले यति सहयोग गर्नुभयो तथा अर्को फलाना समाजसेवीले यति सहयोग गर्नुभयो भन्दै प्रचार गर्ने मानिस समाजसेवी हुननसक्ने बताउँछन् ।
समाजशास्त्री लक्ष्मण तिमिल्सीनाले समाजका लागी स्वयमसेवक भएर काम गर्ने, समाजको भलो चिताउने, समाजको अपेक्षा अनुसार नेतृत्व गरी काम गर्नेहरु समाजसेवी भएको उदारण दिन्छन । उनले आजभोलि नेपाली समाजमा आर्थिक दान दिनेहरु ठुलो समाजसेवी भएको देखाउन खोजिएपनि वास्तवमा स्वयमसेवक भएर अरुको भलाईमा सधै क्रियाशिल मानिसहरु नै सच्चा समाजसेवी भएको बताउँछन् ।
पेशा व्यवसायी व्यक्तिगत छ । उसको आर्थिक उर्पाजन पनि आफ्नो लागी गर्दछ । समाजमा खान नपाएर मानिसहरु आत्तिएका छन् ।
स्कुल जान नपाएर वच्चाहरु रोइरहेका छन् ।वाटो विग्रिएर मानिसहरु हिडन सकेका छैनन् । तर उसले अरुका लागी खर्च र सहयोग गर्न चाहान्न भने पनि उ व्यक्तिवाद र स्वार्थवादमा अल्झीएको मानिस भनेर चिनिन्छ । प्रचारमुखी मानिसहरु समेत समाजसेवा भन्दा आफ्नो प्रचारका लागी आर्थिक सहयोग पु¥ाएको देखिन्छ । दलाल तथा तस्करहरु त अझ आफैले रकम खर्च गर्ने र सम्मान खान मस्त पल्किएको देखिन्छ । वास्तवमा उनिहरु समाजसेवी हुदैन ।