logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भालेबासका महिलाको अग्रसरताले सामाजिक रुपान्तरणमा


    १८ फाल्गुन २०७३ , बुधबार

    भालेबासका महिलाको अग्रसरताले सामाजिक रुपान्तरणमा

    पाल्पा, १७ फागुन । पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाहरुले प्रहरीसँग सहकार्य गरेर सामाजिक काम गर्न थालेको देख्दा अचम्म मान्नुपर्दैन । गाउँका महिलाहरु प्रहरीसँग सहकार्य गरेर काम गर्दै आएका हुन । सामाजिक विकृति र विसंगतिका विरुद्धमा यहाँका महिला अहिले अग्रसर बनेका छन् ।

    महिलाहरुले अवैध घरेलु मदिरा उत्पादन, विकी वितरणका कारण प्रहरी गाउँमा आउने थाहा पाएपछि महिलाहरु दुःखी हुन्छ भन्ने कुरालाई अहिले गलत सावित बनाउन सफल भएका हुन । गाउँका विकृति विसंगतिका विरुद्धमा लडेर सामाजिक रुपान्तरणका लागि वडा नागिरक मञ्चका कारण महिलाहरुले सामाजिक रुपान्तरणको अगुवाई गर्न थालेका छन् ।

    साना तिना समस्या वडा नागरिक मञ्चमार्फत समस्या समधान गर्न सफल भएका छन् गाउँमा समधान नहुने कुरा प्रहरी र जिल्ला तहबाट समस्याको समधान गर्ने बानीको विकास भएको छ । महिलाहरुले बाख्रापालन, अदुवा खेती र तरकारी खेती, बँगुरपालन मार्फत आम्दानी लिन थालेका छन् । खसीबोका बेचेर यहाँका महिलाहरुले घरखर्चका लागि श्रीमानप्रतिको परनिर्भरता हटेको छ ।

    स्थानीयबासिन्दा मिनिशरा दर्लामीले दुई वर्षको अवधिमा सात ओटा खसीबोका बेच्दै आएका हुन । खसीबोका बेचेको पैसाले अहिले घरखर्च जुटाउन सजिलो हुदाँ यहाँका मदिरा उत्पादन गर्ने महिलाहरुले बाख्रापालनप्रति आकर्षित भएको छन् । खसीबोकाबाट दुई लाख बराबरको आम्दानी लिन सफलताले गाउँमा स्वरोजगार बन्नेको सख्या बढेको हो । खसीबोका पालेर आयआर्जन गर्ने महिलाहरु खानीछाप क्षेत्रमा बर्सेनि बढेका छन् । घरेलु मदिरा उत्पादन गर्ने यहाँका महिलाहरुले खसीबोका पालेर गाउँलाई नै बाख्रापालनका लागि नमुना बनाउन थालेका हुन् ।

    खसीको प्रतिकिलो ३ सय ६० रुपैयाँमा जिउँदा खुसीबोकाको कारोबार गर्दै आएको छ । व्यावसायिक बाख्रापालन गर्न थालेपछि जिल्लाको खानीछाप गाविसभित्रबाट अठार महिनाको अवधिमा दुई सय बीस खसीबोका निर्यात भएका हुन । गत आवमा एकसय ८६ ओटा खसीबोका निकासी भएकोमा यो अवामा चार महिनाको अवधिमा ३४ ओटा खसीबोका निकासी भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.